ट्वान्टी २० विश्वकप

नामिबियामाथि अफगानिस्तानको सहज जित

दुबई । नामिबियामाथि ६२ रनको जितपछि अफगानिस्तानले आइसीसी ट्वान्टी २० विश्वकप क्रिकेटमा अघिल्लो चरण प्रवेश सम्भावना जीवित राखेको छ ।

नामिबियाले प्रस्तुत गरेको एक सय ६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९८ रन मात्र जोड्न सक्यो । 

तीन खेलमा अफगानिस्तानले ग्रप टु मा चार अंक जोडेको । पहिलो खेलमा स्कटल्यान्डलाई हराएको अफगानिस्तान दोस्रो खेलमा पाकिस्तानसँग निराश भएको थियो ।

नामिबियाविरुद्धको खेलसँगै अफगानिस्तानका पूर्वकप्तान अजगर अफगानले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदाई लिए ।

यसअघि टस जितेर ब्याटिङका लागि आएको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६० रनको योगफल खडा गरेको थियो ।