भारतीय क्रिकेट

हार्दिकले न्युजिल्यान्डविद्धको खेल गुमाउने

काठमाडौं । भारतीय अलराउन्डर हार्दिक पान्ड्याले आइसिसी विश्वकप अन्तर्गत आइतबार धर्मशालामा हुने न्युजिल्यान्डविरुद्धको खेल गुमाउने भएका छन् ।

पुनेमा बिहीबार बंगलादेशविरुद्धको खेलमा हार्दिक घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको छ।

बंगलादेशविरुद्ध  इनिङ्सको नवौं ( आफ्नो पहिलो ओभर) को तेस्रो बलमा खुट्टाले प्रहार रोक्न खोज्दा घाइते भएका थिए । पान्ड्याले तीन खेलमा १६ ओभर बलिङ गर्दा पाँच विकेट लिएका थिए ।

‘हार्दिक अक्टोबर २० मा टोलीसँग धर्मशालाको जाने छैनन् । उनी सिधै लखनउमा टोलीसँग जोडिने छन् । जहाँ भारतले इङ्ल्यान्डको सामना गर्नेछ,’ बिसिसीआइले भनेको छ ।

भारत र इङ्ल्यान्डबीचको खेल अक्टोबर २९ मा हुनेछ ।