कराते

एरिकाः ‘सी इज सो इनोसेन्ट’

काठमाडौं । व्यस्त समयका बावजुद खेलाडी टक्स कार्यक्रममा आफ्ना अनुभव साट्न पुगेकी एरिकाले आइतबार भनेकी थिइन्, ‘एसियाली खेलकुदमा जितेको रजतले मलाई कतै पुर्याएको छैन । म यहीँ छु ।’ जब उनलाई सोधिएको थियो, प्राप्त पदकले तपाईँलाई कुन उचाइसम्म पुर्याएको छ ?

एरिका मान्नै तयार थिइनन् आफूले देशका लागि केही ठूलो गरेको भन्ने अथवा उनलाई थाहै थिएन, रजत पदकको ओझ ।

उनकै साथीहरुले पनि उनलाई सेलिब्रेटी भन्न थालिसकेका छन् । रजत जितेपछि एरिकालाई उनका स्कुल पढ्दाको साथीले फोन गरेका थिए । एरिकाले हेलो भन्ना साथ साथीले भनेका थिए, ‘सेलिब्रेटी भइछस्, ल बधाई छ, यस्तै प्रगतिहरु सुन्न पाइयोस् ।’

‘मलाई त्यस्तो केही पनि लाग्दैन । हाम्रो खेल भनेको आज जित्यो भोलि हार्न पनि सकिन्छ, यो जित हारको खेल हो । अहिले मैले यो स्टार्डडम पाएको छु नी त्यसमा म नफसोस् जस्तो लाग्छ,’ हामीले सेलिब्रेटीको संज्ञा दिएपछि एरिकाको प्रतिक्रिया यस्तो थियो ।

सेलिब्रेटीको संज्ञा हामीले मात्र दिएका होइनौं । उनकै साथीहरुले पनि उनलाई सेलिब्रेटी भन्न थालिसकेका छन् । रजत जितेपछि एरिकालाई उनका स्कुल पढ्दाको साथीले फोन गरेका थिए । एरिकाले हेलो भन्ना साथ साथीले भनेका थिए, ‘सेलिब्रेटी भइछस्, ल बधाई छ, यस्तै प्रगतिहरु सुन्न पाइयोस् ।’

चीनको हाङझाउमा सम्पन्न १९ औं एसियाली खेलकुद सकेको एक साताभन्दा बढी भइसकेको छ । यसपाली नेपालले लगेको थियो २५३ खेलाडीको जम्बो टोली । तर, देशले प्राप्त गर्यो जम्मा दुई पदक । नेपालको लाज ढाक्ने पदकहरु थिए, करातेबाट एरिकाको रजत र पहिलोपटक देशको प्रतिनिधित्व गरेको महिला कबड्डीको कांस्य ।

कुमुतेको महिला ६८ केजी तौल समूहमा पहिलो खेलमा जापानकी युजुकी सावाएलाई हराएकी एरिकाले सेमिफाइनलमा हङकङकी यान काइ होलाइको चुनौती समाप्त पारेकी थिइन् ।

अहिलेसम्म करातेकी ‘राजकुमारी’ एरिकाले बुझिसक्नुपर्ने हो उनले प्राप्त गरेको रजत पदकको मूल्य कति हो भनेर । वा सायद उनी अझै भन्दैछिन्, ‘मेरो जित केही पनि होइन’ । 

यान काइलाई पराजित गरेसँगै एरिकाले एसियाली खेलकुद इतिहासमै पहिलोपटक करातेमा कम्तिमा पनि रजत पदक पक्का गरेकी थिइन् । फाइनलमा काजकिस्तानकी सोफिया बेर्लुस्सेभासँग पराजित भएपछि एरिका स्वर्ण जित्न बञ्चित भइन् ।

हरेस खाइसकेका नेपाली समर्थकको अनुहारमा खुसी ल्याएकी एरिका अहिले सम्मान समारोहमा व्यस्त छिन् । भ्याइनभ्याई छ उनलाई । शुभकामना र बधाईको ओइरो नै लागेको छ । एकाएक बदलिएको छ एरिकाको जीवन । हिजो र आजको दिनचर्यामा अवश्य पनि फरक भएको छ ।

अहिलेसम्म करातेकी ‘राजकुमारी’ एरिकाले बुझिसक्नुपर्ने हो उनले प्राप्त गरेको रजत पदकको मूल्य कति हो भनेर । वा सायद उनी अझै भन्दैछिन्, ‘मेरो जित केही पनि होइन’ । यदि यसो हो भने कसैले एरिकालाई बुझाइदिनु उनको उपलब्धिका बारेमा ।

एसियाली खेलकुदमा नेपालको पदक इतिहास एकदमै दयनीय छ । दिल्ली १९८२ मा भएको १० औंं संस्करणमा आएर बल्ल नेपालले पदकको खाता खोलेको थियो । त्यतिबेला बक्सिङका स्व.दलबहादुर राना मगरले नेपालका लागि कांस्य पदक जितेका थिए । नेपालले दिल्लीमा कुल ८ कांस्य पदक जितेको थियो । बक्सिङ र तेक्वान्दोमा समान चार कांस्य । पदक संख्याका हिसाबले यो नै नेपालको सबैभन्दा सफल एसियाड अनुभव हो ।

यो इतिहासले पनि बुझ्न सकिन्छ, एरिकाले प्राप्त गरेको रजतको ओझ कति छ भन्ने । भारतले एसियाली खेलकुदमा यसपाली एक सय भन्दा बढि पदक जित्यो । छिमेकी मुलुकले खेलकुदमा छलाङ लगाइरहँदा नेपाली खेलकुद भने अहिलेसम्म बामे सर्ने स्थितिमा पनि पुग्न सकेको छैन । त्यसैले त हो एरिकाको रजतको मूल्य बढेको ।

हाङझाउ एसियाली खेलकुदलाई जोड्दा नेपालले अहिलेसम्म कुल २६ पदक जितेको छ, जसमा तीन रजत समावेश छन् । स्वर्णको खाता भने नेपालले अहिलेसम्म खोल्न सकेको छैन । बैंकक १९९८ मा भएको १३औं संस्करणमा नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले पहिलोपटक रजत दिलाएकी थिइन् । अर्को रजत नेपालले जाकार्ता-पालेम्बाङ २०१८ को १८  औं संस्करणमा प्याराग्लाइडिङबाट जितेको थियो ।

यो इतिहासले पनि बुझ्न सकिन्छ, एरिकाले प्राप्त गरेको रजतको ओझ कति छ भन्ने । भारतले एसियाली खेलकुदमा यसपाली एक सय भन्दा बढि पदक जित्यो । छिमेकी मुलुकले खेलकुदमा छलाङ लगाइरहँदा नेपाली खेलकुद भने अहिलेसम्म बामे सर्ने स्थितिमा पनि पुग्न सकेको छैन । त्यसैले त हो एरिकाको रजतको मूल्य बढेको ।

सिमित पूर्वाधार र छिनभरको लगानीमा खेलाडीहरु अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्न बाध्य छन् । अत्यावश्यक सुविधाबाट बन्चित खेलाडीहरु यसपाली पहिलो चरणभन्दा माथि जान सकेन । सधैं जस्तो यसपाली पनि  सहभागितामा मात्रै सिमित रह्यो नेपाल । यस्तोमा पनि देशका लागि ऐतिहासिक पदक जित्नु सानो कुरा हो र ? पक्कै होइन । त्यसैले एरिका महान छिन् । उनको पदकको मूल्य अथाह छ ।

एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नुअघि एरिकाले इन्डोनेसियामा भएको १०औं विश्व सितोरियो कराते महासंघ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । उक्त प्रतियोगिता एसियाली खेलकुदको तयारीका रूपमा हेरिएको थियो ।

उनले भनेकी पनि थिइन्, ‘मलाई साँच्चै भित्री मनदेखि केही पनि महसुस भएको छैन । अहिले पनि त्यस्तो केही फरक महसुस गरेको छैन । कुरा त्यत्ति हो की इन्डोनेसिया जाँदा यहाँबाट विश्वास लगेको थिएँ, फर्कँदा मायाँ पाएँ । अहिले माया बढेको छ, साथ बढेको छ । 

एरिका भर्खर १९ वर्षकी भइन् । खेलकुदमा यो सुरुआती उमेर हो । एरिकाले देशलाई अझै धेरै दिन बाँकी छ । जसका लागि उनी तयार पनि छिन् । महत्व बुझेर पनि प्राप्त रजतलाई त्यति महत्व नदिएकी हुन् भने एरिका देशका लागि थप सफलता दिलाउन तयार छिन् ।

उनले भनेकी पनि थिइन्, ‘मलाई साँच्चै भित्री मनदेखि केही पनि महसुस भएको छैन । अहिले पनि त्यस्तो केही फरक महसुस गरेको छैन । कुरा त्यत्ति हो की इन्डोनेसिया जाँदा यहाँबाट विश्वास लगेको थिएँ, फर्कँदा मायाँ पाएँ । अहिले माया बढेको छ, साथ बढेको छ । तर, त्यसमा अपेक्षाहरु पनि त बढेको छ ।’

एरिकाले ९ वर्ष भयो कराते खेल्न थालेको । उपत्यकाकै मनमैजु डोजोबाट करातेको प्रारम्भिक प्रशिक्षण थालेकी एरिका हाल नेपाल प्रहरीको विभागिय टोली नेपाल पुलिस क्लबमा आबद्ध छन् । एसियाली खेलकुद जस्तो ठूलो स्टेजमा एरिकाले पहिलो अनुभवमै देशलाई ऐतिहासिक पदक दिलाइन् । आउने दिनमा देशलाई उनीप्रति थप अपेक्षाहरू रहनेछ ।

यो सबै कथामा हामीले एउटा कुरा भने उल्लेख गर्न बिर्सेका छौं । त्यो हो, एरिका एकदमै निर्दोष छिन् । अंग्रेजीमा भन्दा अझ प्रष्ट हुन्छ, ‘सी इज सो इनोसेन्ट ।’

हामीले एरिकालाई यसै प्लेटफर्ममार्फत उनले जितेको रजत पदकको मुल्य बुझाउन कोशिस गरेका छौं । यसपछि हामी भन्न चाहन्छौं, ‘एरिकाले अझै धेरै गर्न बांकी छ ।’

यो सबै कथामा हामीले एउटा कुरा भने उल्लेख गर्न बिर्सेका छौं । त्यो हो, एरिका एकदमै निर्दोष छिन् । अंग्रेजीमा भन्दा अझ प्रष्ट हुन्छ, ‘सी इज सो इनोसेन्ट ।’

याे पनिः 

अब हतारिँदैन इंग्लिस फुटबल

टेलिभिजन खेलपत्रकारको दशैंः बिदा पाइन्न, दशैं मनाउन छाडिन्न

अब ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ध्यान

खेलकर्मीको दशैंः क्रिकेट टोली व्यस्त, अरुलाई चा-चा ह्वीँ

लय समात्दै यु-१९ क्रिकेट टोली