नेपाली क्रिकेट

ब्याटिङमा सुधार धेरै गर्नुपर्नेछः कप्तान रोहित

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको जितपछि ब्याटिङमा सुधार गर्नुपर्ने बताएका छन् ।

रोहितले अर्धसतक बनाउँदा खुसी भएको बताएका छन्, ‘हामीले खेल जित्यौं । तर, ब्याटिङमा अझै राम्रो गर्नुपर्छ । बलिङ समग्रमा राम्रो छ,’ रोहितले भने ।

नेपाल, युएई र हङकङसम्मिलित शृंखला आजबाट सुरु भएको छ । नेपालले पहिलो खेलमा युएईलाई सात विकेटले हराउँदै सुखद् सुरुआत गरेको हो ।

कप्तान रोहितले नयाँ पिचमा खेल्न गाह्रो भएको बताए । ‘नयाँ पिच भएकाले खासै आइडिया भएन । सुरुआतमा रन बनाउँन नसक्दा निराशा थियो,’ रोहितले भने ।  आजको खेलसँगै मुलपानी माथिल्लो मैदानमा अन्तर्राष्ट्रिय ट्वान्टी २० मान्यता पाएको छ ।

रोहितले युएईविरुद्ध अर्धसतक बनाउँदा खुसी भएको प्रतिक्रिया दिएका छन् ।

यस्तै डेब्यु खेलाडी श्याक ढकालले देशको प्रतिनिधित्व गर्ने सपना पूरा भएको बताएका छन् । ‘डेब्यु गर्न पाउँदा खुसी लागेको छ । देशका लागि खेल्ने सबैको सपना हुन्छ । आज मेरो सपना पूरा भएको छ । अझै सुधारिएको प्रदर्शन गर्न सक्थ्ये । यो मेरा लागि अवसर हो,’ श्यामले खेलपछि भनेका छन् ।