माघ १६, २०८२ शुक्रबार | ००:०८:४०
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

दोस्रो चरणमा नेपालले खेल्ने खेलहरु

काठमाडौं । फरवार्ड मनिष डाँगीको निर्णायक गोलमा नेपालले एएफसी र फिफाको प्रारम्भिक संयुक्त छनोटको पहिलो चरणअन्तर्गत दोस्रो लेगमा घरेलु टोली लाओसलाई १-० ले हरायो । दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपालले लाओसलाई १-१ को बराबरीमा रोकेको थियो । यसरी नेपाल समग्रमा २-१ को जित हासिल गर्दै प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरणमा पुगेको छ ।

एसियामा कुल ४७ देशले एएफसी सदस्य राष्ट्रको मान्यता पाएका छन् । यीमध्ये पहिलो चरणमा २२ टोलीले सहभागिता जनाएका थिए । फिफा वरीयताअनुसार यी देशहरू २६ देखि ४७ औं वरीयताका टोली हुन् । जसमा नेपाल पनि पर्छ । होम एन्ड अवे ढाँचामा दुई टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए । जसबाट ११ टोली प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरणमा प्रवेश गरेका छन् । यी बाहेक माथिल्लो वरियताका बाकी २६ देशहरुले सोझै दोस्रो चरणमा स्थान बनाएका हुन् ।

दोस्रो चरणमा कुल ३६ टोलीलाई ९ समूहमा विभाजन गरिएको छ । एउटा समूहमा चार टोलीहरु छन् । जसमा प्रत्येक टोलीले होम एन्ड अवे ढाँचामा डबल राउन्ड रोबिन पद्धत्तिमा बाँकी टोलीसँग खेल्नेछ । प्रत्येक समूहका विजेता र उपविजेता टोलीले स्वतः ‘एएफसी एसियन कप २०२७’ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् । यिनै १८ टोलीहरु एएफसी एसियन विश्वकप छनोटका लागि पनि छानिने छन् । समूहको तेस्रो र चौंथो हुने टोलीको विश्वकप यात्रा यहीँ समाप्त हुनेछ । एसिया कप प्लेअफमा भने यी टोलीहरुले स्थान बनाउनेछन् ।

नेपाल दोस्रो चरणमा संयुक्त अरब इमिरेट्स(युएई), बहराइन र यमन  रहेको समूहमा परेको छ । यी देशहरुमध्ये युएई र बहराइन शीर्ष टोलीहरु हुन् । उनीहरुले सोझै दोस्रो चरणमा स्थान बनाएका हुन् । यमनले भने पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४–१ ले हराएको थियो । २०२४ मा कतारमा आयोजना हुने एएफसी एसियन कपका लागि छनोट हुने हो भने नेपालले कम्तिमा पनि दोस्रो स्थान हासिल गर्नुपर्नेछ ।

होम एन्ड अवे आधारमा दोस्रो चरणमा नेपालका खेलहरु यसप्रकारका छन् ।

१. युएई भर्सेस नेपाल, १६ नोभेम्बर (जायद अन्तर्राष्ट्रिय रंगशाला)
२. नेपाल भर्सेस यमन, २१ नोभेम्बर (दशरथ रंगशाला)
३. नेपाल भर्सेस बहराइन, २१ मार्च (दशरथ रंगशाला)
४. बहराइन भर्सेस नेपाल, २६ मार्च (बहराइन राष्ट्रिय रंगशाला)
५. नेपाल भर्सेस युएई, ६ जुन (दशरथ रंगशाला)
६. यमन भर्सेस नेपाल, ११ जुन (अलथावरा स्पोर्ट्स सिटी रंगशाला)


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।