चैत्र ८, २०८२ आइतबार | १४:१२:४०
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

दोस्रो चरणमा नेपालले खेल्ने खेलहरु

काठमाडौं । फरवार्ड मनिष डाँगीको निर्णायक गोलमा नेपालले एएफसी र फिफाको प्रारम्भिक संयुक्त छनोटको पहिलो चरणअन्तर्गत दोस्रो लेगमा घरेलु टोली लाओसलाई १-० ले हरायो । दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपालले लाओसलाई १-१ को बराबरीमा रोकेको थियो । यसरी नेपाल समग्रमा २-१ को जित हासिल गर्दै प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरणमा पुगेको छ ।

एसियामा कुल ४७ देशले एएफसी सदस्य राष्ट्रको मान्यता पाएका छन् । यीमध्ये पहिलो चरणमा २२ टोलीले सहभागिता जनाएका थिए । फिफा वरीयताअनुसार यी देशहरू २६ देखि ४७ औं वरीयताका टोली हुन् । जसमा नेपाल पनि पर्छ । होम एन्ड अवे ढाँचामा दुई टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए । जसबाट ११ टोली प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरणमा प्रवेश गरेका छन् । यी बाहेक माथिल्लो वरियताका बाकी २६ देशहरुले सोझै दोस्रो चरणमा स्थान बनाएका हुन् ।

दोस्रो चरणमा कुल ३६ टोलीलाई ९ समूहमा विभाजन गरिएको छ । एउटा समूहमा चार टोलीहरु छन् । जसमा प्रत्येक टोलीले होम एन्ड अवे ढाँचामा डबल राउन्ड रोबिन पद्धत्तिमा बाँकी टोलीसँग खेल्नेछ । प्रत्येक समूहका विजेता र उपविजेता टोलीले स्वतः ‘एएफसी एसियन कप २०२७’ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् । यिनै १८ टोलीहरु एएफसी एसियन विश्वकप छनोटका लागि पनि छानिने छन् । समूहको तेस्रो र चौंथो हुने टोलीको विश्वकप यात्रा यहीँ समाप्त हुनेछ । एसिया कप प्लेअफमा भने यी टोलीहरुले स्थान बनाउनेछन् ।

नेपाल दोस्रो चरणमा संयुक्त अरब इमिरेट्स(युएई), बहराइन र यमन  रहेको समूहमा परेको छ । यी देशहरुमध्ये युएई र बहराइन शीर्ष टोलीहरु हुन् । उनीहरुले सोझै दोस्रो चरणमा स्थान बनाएका हुन् । यमनले भने पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४–१ ले हराएको थियो । २०२४ मा कतारमा आयोजना हुने एएफसी एसियन कपका लागि छनोट हुने हो भने नेपालले कम्तिमा पनि दोस्रो स्थान हासिल गर्नुपर्नेछ ।

होम एन्ड अवे आधारमा दोस्रो चरणमा नेपालका खेलहरु यसप्रकारका छन् ।

१. युएई भर्सेस नेपाल, १६ नोभेम्बर (जायद अन्तर्राष्ट्रिय रंगशाला)
२. नेपाल भर्सेस यमन, २१ नोभेम्बर (दशरथ रंगशाला)
३. नेपाल भर्सेस बहराइन, २१ मार्च (दशरथ रंगशाला)
४. बहराइन भर्सेस नेपाल, २६ मार्च (बहराइन राष्ट्रिय रंगशाला)
५. नेपाल भर्सेस युएई, ६ जुन (दशरथ रंगशाला)
६. यमन भर्सेस नेपाल, ११ जुन (अलथावरा स्पोर्ट्स सिटी रंगशाला)


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो