नेपाली क्रिकेट

अभिषेकले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

काठमाडौं । भारतका चर्चित कलाकार अभिषेक बच्चनले एसिया कप क्रिकेट खेल्न लागेको नेपाली टोलीलाई शुभकामना दिएका छन् ।

अभिषेकले सामाजिक सञ्चालमार्फत नेपाली टोलीलाई शुभकामना दिएका हुन् । उनले आफू बाल्यकालमा घुम्न आउँदा नेपाल निकै मन परेको भन्दै आफ्नो नयाँ चलचित्रलाई माया गरिदिन आग्रह पनि गरेका छन् ।

अभिषेकको नयाँ चलचित्र घुमर नेपाल लगायत विश्वभर प्रदर्शन भइरहेको छ । चलचित्रमा खेलाडीको संघर्षलाई देखाइएको छ ।

‘मेरो चलचित्र घुमर नेपालमा पनि प्रदर्शन भइरहेको छ । यसलाई माया गरिदिनु हुनेछ भन्ने आशा छ,’ अभिषेकले भने,‘ सानोमा घुम्न आउँदा मलाई नेपाल निकै मन परेको थियो  । म फेरि नेपाल आउन चाहन्छु । साथै मेरो एसिया कप खेल्न लागेको नेपाली क्रिकेट टोलीलाई  धरै धेरै शुभकामना ।’

एसिया कप भदौ १३ देखि ३१ सम्म पाकिस्तान र श्रीलंकामा हँदैछ ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै छ । नेपालले घरेलु टोली पाकिस्तानँिग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यो खेल भदौ १३ मा मुल्तानमा हुनेछ।

भारत र पाकिस्तानको राजनीतिका तनावका कारण एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्।

नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले  भदौ १८ मा भारतविरुद्ध दोस्रो खेल खेल्नेछ ।