फिफा वर्ष खेलाडी

युइएफए वर्ष खेलाडीको मनोनयन सार्वजनिक

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपियन फुटबल महासंघ (युइएफए) ले पुरुष वर्ष खेलाडीको मनोनयनमा पारेका शीर्ष तीन खेलाडी सार्वनजिक गरेको छ ।

यस पटकको मनोनयनमा अर्जेन्टिनाका लियोनल मेसी, नर्वेका एर्लिङ हाल्यान्ड र बेल्जियमका केभिन डि ब्रुयना परेका छन् ।

मेसीको कप्तानीमा अर्जेनिन्टनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका मेसीले ‘गोल्डेन बल’ प्राप्त गरेका थिए ।

मेसीले पेरिस सेन्ट जर्मन (पिएसजी) लाई फ्रेन्च लिग वानको उपाधि दिलाउन पनि महत्वपूर्ण भुमिका खेलेका थिए । 

हाल्यान्डले देशका लागि खासै राम्रो प्रर्दशन गर्न नसके पनि इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई गत सिजन ‘ट्रेबल’ दिलाउन प्रमुख भुमिका निर्वाह गरेका थिए ।  डि ब्रुयनाले पनि गत सिजन सिटीका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । 

युइएफए वर्ष खेलाडीको घोषणा अगस्ट ३१ तारिखमा गरिनेछ ।