अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

सेब र एक्सेल्सियर विजयी

काठमाडौं । सेब र द एक्सेल्सियर स्कुलले १०औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार विजयी भएका छन् छन् ।

सेबले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई ५२-२७ ले पराजित गरेको थियो । सेबको जितमा धीरज जोराले १३ अंक योगदान गरे । रुसिप मुनिकारको १५ अंक सहयोगमा एक्सेल्सियरले एस्फोडेललाई ३६-१७ ले हरायो ।

सिनियर ब्वाइजमै हार्टल्यान्डले न्यु जेनिथलाई ३१-२१ तथा हेम्सले एलआरआइलाई ६४-५३ ले स्तब्ध बनाए । हार्टल्यान्डका विकास भण्डारीले १९ तथा हेम्सका हेमन्त राजवंशीले ३४ स्कोर गरे ।

जुनियर ब्वाइजमा श्री नवीन ज्योतिले ग्रिनफिल्ड ‘बी’ लाई १८-१३, ग्रिनफिल्ड ‘सी’ ले बाल दीक्षालाई १९-१६, स्वप्न वाटिकाले नेपाल पुलिस स्कुललाई १८-१२ र इडेन ब्रिज एकेडेमी (इबिए) ले न्यु जेनिथलाई १२-६ ले हराए । 

श्री नवीन ज्योतिका शंसांक गिरीले ६, ग्रिनफिल्ड ‘सी’ का मोहित ओडेले ६, स्वप्ना वाटिकाका मन्दिपले १३ र इबीएका आदित्यले सात अंक जोडे ।

सिनियर गर्ल्समा संस्कृतिले न्यू जेनिथलाई ३४-१४ तथा इबिएले आदित्यलाई १२-३ ले पराजित गरे । संस्कृतिकी सर्मद्धि शाहले आठ तथा इबिएकी मेणुका मगरले सात अंक बटुले ।