आइसिसी एकदिवसीय विश्वकप छनोट

नेपाललाई युएईको १ सय ८२ रनको लक्ष्य

काठमाडौं । युएईले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालसामू १ सय८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बावेको हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रनको योगफल तयार पारेको थियो ।

युइएका लागि कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ४४ रनको योगदान गरे । यसैगरी रोहन मुस्तफाले ३५, बसिल हामिदले २९, आर्यन्श शर्माले २८, सन्चित शर्माले १२ र रामिज शहजादले १० रन जोडे ।

दोस्रो विकेटका लागि वृत्य र आर्यन्शले ६३ तथा पाँचौं विकेटका लागि रोहन र बसिलले ५८ रनको साझेदारी गरे ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ तथा प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्रसिहं ऐरीले समान १ विकेट लिए ।