क्रिकेट

मिथिला कपः बजाज युथ सेमिफाइनलमा

काठमाडौं । फुलबारी क्रिकेट क्लब सुनसरीलाई आठ रनले पराजित गर्दै बजाज युथ एकेडेमी, सप्तरी चौंथो संस्करणको मिथिला कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा शुक्रबार सम्पन्न दोश्रो क्वार्टरफाइनलमा बजाज युथले प्रस्तु गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको फुलबारीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट क्षेतीमा एक २१ रन मात्र बनायो।

फुलबारीको लागि राकेश सोनीले सर्वाधिक २७, रविन मण्डलले २२ तथा समिर तिम्सिनाले अविजित २० रन बनाए।

बजाज युथका बलर मिकु मण्डलले सर्वाधिक तीन नितेश यादवले तीन तथा मोहम्मद हुसेन र विपिन खत्रीले समान एक विकेट लिए।  

यसअघि टस जितेर ब्याटिङ रोजेको बजाज युथले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदे एक सय २९ रनको योगफल तयार पारेको थियो । 
 

विराट डाँगीले सर्वाधिक ३३ बलमा एक चौका र तीन छक्का मद्दतमा सर्वाधिक ४१ रन जोडे । पपु यादवले  २७ र विशाल यादवले २९ रन बनाए । विराट र पपुले ले सातौँ विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए ।

फुलबारी क्लबका लागि सोनु मण्डल, समिर तिम्सिना, शिभान यादव,आशिष मण्डल र प्रकाश कार्कीले समान एक विकेट लिए।