वैशाख ३०, २०८२ मंगलबार | १०:५५:०४
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

युभेन्टसको मैदानमाथि खेलाडीको गुनासो

टुरिन । लाजियोमाथि सहज जित निकालेपछि इटालियन सिरी ‘ए’को महारथी युभेन्टसका रक्षक ग्लेसन ब्रेमरले आफ्नो मैदान ठिक नभएको भन्दै गुनासो गरेका छन्।

लाजियोमाथिको जितमा निर्णायक गोल गरेका उनले भने,‘मैदानको विषयमा अब धेरै कुरा गर्नुको अर्थ छैन। त्यसैले यसमा थप टिप्पणी नगरौं।’

बिहीबार राति भएको कोपा इटालियाको क्वार्टरफाइनलमा युभेन्टसले लाजियोमाथि १-० को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

४४औं मिनेटमा फिलिप कोस्टिकको क्रसमा ग्लेसनले गोल गर्दै युभेन्टसको जित पक्का गरेका थिए। युभेन्टस सिरी ‘ए’ मा १३औं स्थानमा रहँदा लाजियो तेस्रो स्थानमा छ। यो जितले युभेन्टसलाई राहत मिलेको छ।

युभेन्टसले आठौं पटक कोपा इटालियाको सेमिफाइनलमा स्थान बनाउँदा निर्णायक गोल गरेका ग्लेसनले अफ मैदानका कारण टोलीले धेरै नै समस्या भोग्नु परेको बताएका छन्।

‘यो गोलमा म निक्कै खुसी छु। यो क्षणमा जित महत्वपूर्ण थियो,’ ग्लेसनले भने,‘हामीले पछिल्लो दुई खेलमा राम्रो प्रर्दशन गरेका थिएनौं। मैदानले हामीलाई धेरै समस्या दिइरहेकोे छ। क्लबले पनि यो विषयमा ध्यान दिनु आवश्यक छ।’

‘युभेन्टस माथिल्लो स्थानको टोली हो। हामी अझै जितको लागि खेल्छौं। वर्षको सुरुमा हामीले सोचेअनुरुपको प्रर्दशन गर्न सकेका थिएनौं,’ ग्लेसनले थपे।

प्रशिक्षक मासिमिलियानो एलेग्रीले मानसिक रुपमा निक्कै दबाब बेहोरेपछि युभेन्टस जितको बाटोमा फर्किएको बताएका छन् । इटालियन सिरी ‘ए’अन्तर्गत आइतबार सम्पन्न खेलमा युभेन्टस मोन्जासँग २-० ले पराजित भएको थियो।

‘मोन्जाविरुद्ध पहिलो हाफमा हामीले दबाब दिन सकेनौं । हामीले सजिलै दुई गोल खायौं। एलेग्रीले भने,‘केटाहरु राम्रो अवस्थामा थिए । जित निकाल्नु पर्ने जिम्मेवारी उनीहरुमाथि थियो। नतिजा निकाल्न नसके पनि हामीले राम्रो बचाउ गर्यौं। पछिल्लो खेलमा लाजियोलाई दबाब दिन सक्यौं।’  

चोटका कारण पाउल पोग्बा अनुपस्थित रहेको खेलमा जित निकाल्नु महत्वपूर्ण रहेको एलेग्रीको भनाई थियो। 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP