नेपाल भलिबल संघ

भलिबल संघको केन्द्रीय कार्यसमितिको सातौं पूर्ण बैठक पोखरामा सुरु

तस्विर: सुदर्शन रञ्जित
  • सुदर्शन रञ्जित

पोखरा । नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको सातौं पूर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । 

पोखरामा हुन लागेको बैठकमा मुख्य गरी सात वटा विषयमा छलफल हुने नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले बताइन् ।
संघको बिधानअनुसार अब नयाँ कार्यसमिति चयनका लागी निर्वाचन गर्नुपर्ने छ ।

पोखरामा हुने बैठकले संघको निर्वाचन मिति र निर्वाचनमा आउने प्रतिनिधि लगायतको बारेमा निर्णय गर्ने तयारी गरेको छ । उपाध्यक्ष निरोज मास्केका पोखरामा आज सुरु भएको बैठकमा २०७६ बैशाख देखि २०७९ बैशाख सम्मको कार्यक्रम प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन तथा अनुमोदन, ६ औ एनभिए लिगको समिक्षा, प्रथम साउथ एशियन महिला प्रतियोगिता २०२२, बिधान संशोधन मस्यौदा समिति गठन,  जिल्ला, प्रदेश भलिबल संघ गठनको लागी प्रतिनिधि छनोट, प्रदेश र जिल्ला भलिबल संघ गठन, केन्द्रिय कार्यसमितिको निर्वाचन मिति घोषणा, रेफ्री तथा क्लबले दिएको निवेदन, बिबाद तथा २०७९/८० को लागि लेखा परीक्षक नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

भलिबल संघको बर्तमान कार्यसमितिको दुई वर्षअघि कार्यकाल सकिसकेको थियो । कोरोनाका कारण संघको निर्वाचन प्रभावित भएको थियो ।  

अब नयाँ नेतृत्व चयनका लागि पोखरा बैठकले तीब्र गतिमा प्रक्रिया  सुरु गर्ने नेपाल भलिबल संघका केन्द्रीय सदस्य दिपक जिएमले बताए ।