एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता

श्रीलंकामाथि नेपालको नाटकीय जित

काठमाडौं । श्रीलंकामाथि नाटकीय जितसहित नेपाली राष्ट्रिय महिला टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा बिहीबार सुखद सुरुआत गरेको छ ।

बंगलादेशको सहिद सुरावर्दी कभर्डहलमा सप्पन्न महिलातर्फको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो । सुरुआती दुई सेट गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पारेको थियो ।

पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२१ ले गुमाएको नेपालले तेस्रो सेट २५-१५ र चौथो सेट २५–१९  ले  आफनो पक्षमा पार्दै खेलमा फर्किएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको पाँचौ सेट नेपालले १५–१३ ले आफ्नो पक्षमा पार्दै पहिलो जित दर्ता गरेको हो ।

आजै हुने पुरुषतर्फको खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ । खेल दिउँसो ३ः१५ मा हुनेछ ।