चैत्र १६, २०८२ सोमबार | ०८:१०:२३
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

शान्ति र सुनिताको उत्कृष्ट प्रदर्शनले जित सम्भव भयो : प्रशिक्षक भट्ट

फाइल फोटो ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ब्लकर सुनिता खड्का र ओपन स्पाइकर शान्ति थारुको प्रभावशाली प्रदर्शनसँगै प्रतियोगितामा सुखद् सुरुआत सम्भव भएको प्रतिक्रिया दिएका छन् । सुनिता र शान्तिको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले बिहीबारदेखि बंगलादेशको ढाकामा सुरु भएको एभिसी सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष च्यालेन्ज कपको पहिलो खेलमा श्रीलंकाविरुद्ध ३-२ सेटको नतिजामा नाटकीय जित निकालेको थियो ।

‘सुनिता खड्का र शान्ति थारुको प्रदर्शनले उत्साह जगायो, उनीहरुकै प्रदर्शनबाट हामी खेलमा फर्कँदै सुखद नतिजा निकाल्न सक्यौं,’ उनले भने, 'यद्यपि, म टोलीको सर्भिस, स्पाइक र रिसिभबाट म सन्तुष्ट छैन ।'

सुरुआती दुई सेट गुमाएको साविक विजेता नेपाली टोलीले बलियो मानिएको प्रतिद्वन्दी श्रीलंकाविरुद्ध तेस्रो सेटमा पुनरागमन गरेको थियो ।

'साविक विजेता नेपालको लागि खेलाडीको मनोबल उच्च राख्न पनि श्रीलंकाविरुद्धको खेल जित्नै पर्ने दबाब थियो,' प्रशिक्षक भट्टले भने, 'आजको खेल हामीलाई जित्नै पर्ने दबाब थियो । किनभने, पहिलो खेलमा सफलता हात पारे खेलाडीको मनोबल उच्च हुन्छ । यसअघि श्रीलंकालाई १३औं दक्षिण एसियाली खेलकुदमा हराएको हुनाले पनि जित्नु पर्ने दबाब थियो ।'

यसअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा घरेलु टोलीले श्रीलंकामाथि सोझो सेटमा जित निकालेको थियो । बिहीबार ढाकामा साविक विजेतालाई कठिन चुनौती दिएको श्रीलंकाले सुरुआती दुई सेट २५-१९ र २५-२१ को नतिजामा आफ्नो पक्षमा पारेको थियो । जसको कारण स्वभाविक खेलको २० प्रतिशत पनि नेपाली टोलीले दिन नसकेको प्रशिक्षक भट्टले बताए ।

तर, नेपालले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले १५-२५ को जित निकालेको थियो । त्यसपछिका लगातार दुई सेट चौथो १९-२५ र पाँचौं १३-१५ ले जितेसँगै नेपालले उपाधि रक्षा अभियानको सुखद् सुरुआत गरेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार माल्दिभ्सको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो