माघ १८, २०८२ आइतबार | १०:४२:०६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

शान्ति र सुनिताको उत्कृष्ट प्रदर्शनले जित सम्भव भयो : प्रशिक्षक भट्ट

फाइल फोटो ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ब्लकर सुनिता खड्का र ओपन स्पाइकर शान्ति थारुको प्रभावशाली प्रदर्शनसँगै प्रतियोगितामा सुखद् सुरुआत सम्भव भएको प्रतिक्रिया दिएका छन् । सुनिता र शान्तिको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले बिहीबारदेखि बंगलादेशको ढाकामा सुरु भएको एभिसी सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष च्यालेन्ज कपको पहिलो खेलमा श्रीलंकाविरुद्ध ३-२ सेटको नतिजामा नाटकीय जित निकालेको थियो ।

‘सुनिता खड्का र शान्ति थारुको प्रदर्शनले उत्साह जगायो, उनीहरुकै प्रदर्शनबाट हामी खेलमा फर्कँदै सुखद नतिजा निकाल्न सक्यौं,’ उनले भने, 'यद्यपि, म टोलीको सर्भिस, स्पाइक र रिसिभबाट म सन्तुष्ट छैन ।'

सुरुआती दुई सेट गुमाएको साविक विजेता नेपाली टोलीले बलियो मानिएको प्रतिद्वन्दी श्रीलंकाविरुद्ध तेस्रो सेटमा पुनरागमन गरेको थियो ।

'साविक विजेता नेपालको लागि खेलाडीको मनोबल उच्च राख्न पनि श्रीलंकाविरुद्धको खेल जित्नै पर्ने दबाब थियो,' प्रशिक्षक भट्टले भने, 'आजको खेल हामीलाई जित्नै पर्ने दबाब थियो । किनभने, पहिलो खेलमा सफलता हात पारे खेलाडीको मनोबल उच्च हुन्छ । यसअघि श्रीलंकालाई १३औं दक्षिण एसियाली खेलकुदमा हराएको हुनाले पनि जित्नु पर्ने दबाब थियो ।'

यसअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा घरेलु टोलीले श्रीलंकामाथि सोझो सेटमा जित निकालेको थियो । बिहीबार ढाकामा साविक विजेतालाई कठिन चुनौती दिएको श्रीलंकाले सुरुआती दुई सेट २५-१९ र २५-२१ को नतिजामा आफ्नो पक्षमा पारेको थियो । जसको कारण स्वभाविक खेलको २० प्रतिशत पनि नेपाली टोलीले दिन नसकेको प्रशिक्षक भट्टले बताए ।

तर, नेपालले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले १५-२५ को जित निकालेको थियो । त्यसपछिका लगातार दुई सेट चौथो १९-२५ र पाँचौं १३-१५ ले जितेसँगै नेपालले उपाधि रक्षा अभियानको सुखद् सुरुआत गरेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार माल्दिभ्सको सामना गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।