टेबल टेनिस

६ सदस्यीय नेपाली टेबल टेनिस टोली भारत जाँदै

 काठमाडौं । डब्लुटिटी स्टार कन्टेन्डरमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली टेबल टेनिस टोली आइतबार भारतको गोवा प्रस्थान गर्ने भएको छ ।
फेब्रुअरी २७ देखि मार्च ३ सम्म हुने प्रतियोगितामा पुरुषमा संयोग कपाली र विपुल महर्जन तथा महिलामा नवीता श्रेष्ठ र एलिना महर्जनले प्रतिस्पर्धा गर्ने छन् ।

टोलीको व्यवस्थापकमा निकेशप्रसाद जोशी तथा प्रशिक्षकमा राकेश महर्जन छन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले शुक्रबार सातदोबाटोमा बिदाइ गरे ।

टोलीको प्रायोजन सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिले गरेको बताइएको छ ।