प्रि स्कुल स्पोर्टस मिट

प्रि स्कुल स्पोर्टस मिट पुस १५ मा हुने

काठमाडौं ।  प्रि स्कुल कमिटी नेपाल (पिएससीएन)  र मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा यहि पुस १५ गते प्रि स्कुल स्पोर्टस मिट हुने भएको छ।

लगनखेल स्थित आर्मी मैदानमा हुने प्रतियोगितामा ३ देखि ८ वर्ष सम्मको उमेर समुहका ५ सय भन्दा वढी विद्यार्थीले सहभागिता जनाउन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रि स्कुल कमिटी नेपालका अध्यक्ष प्रविना शाक्यले बताइन्।

स्पोर्टस मिटमा १७ भन्दा बढी स्कुलका नर्सरी, एलकेजी, युकेजी देखि एक, दुई र तीन कक्षा सम्मका विद्यार्थीले छुट्टाछुट्टै इभेन्टसमा प्रतिस्पर्धा गर्नेछन्। त्यसमा रिले १ सय मिटर , थ्री लेग दौड, पेपर रेस, १ सय  मिटर सिंगल रेस जस्ता इभेन्टसहरु समावेश गरिएको छ।

पत्रकार सम्मेलनमा प्रि स्कुल कमिटी नेपालका पुर्व अध्यक्ष सभ्यता खड्का, सचिव सुनिता खड्का, सदस्य रोजिना तन्डुकार र मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी अध्यक्ष मोहना खनालको उपस्थिति थियो।