मिक्स मार्सल आर्ट्स

ओसिएफ-एसवान शनिबार हुने

काठमाडौं । मिक्स मार्सल आर्ट्सको ओसिएफ-एसवान प्रतियोगिता आगामी शनिबार हुने भएको छ । यो प्रतियोगितालाई  विश्वभर एमएमए कार्यक्रमको  उत्कृष्ट मानिएको छ ।

यो प्रतियोगिता मिक्स मार्सल आर्ट्स एशोसियसन अफ नेपाल (एमएमएएएन) को स्विकृत प्राप्त कार्यक्रम हो ।  

 प्रतियोगितामा नेपालका १२  र भारतका ८ खेलाडी सहभागी हुनेछन् । जसमा दुई महिला खेलाडी पनि सहभागी हुने आयोजकले बताएको छ ।

अमेच्योर खेलाडीले खेलका लागि ७ हजार र जित्ने खेलाडीले थप ७ हजार प्राप्त गर्नेछन् । प्रोफेसनलतर्फ १५ हजार सहभागीताका लागि र जित्नेका लागि थप १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ३ प्रोफेसनल र ७ अमेच्योर खेल हुनेछन् ।

प्रतियोगिताको टिकट मुल्य १ हजार रुपैयाँ राखिएको छ भने कार्यक्रम शंखमुलस्थित अनमोल बेङ्क्वेटमा हुने आयोजकले जनाएको छ ।