एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

पुलिस सोझो सेटमा विजयी

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ चौथो जित निकालेको जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा पुलिसले अर्को विभागीय टोली भित्रुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले खेल २५-२१,२८-२६ र २५-१५ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै पाँच खेलमा १२ अंक जोडेको पुलिस दोस्रो स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको आर्मी समान खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा छ ।

अब समूह चरणको अन्तिम खेलमा शुक्रबार आर्मीले हेल्प नेपाल र पुलिसले एपिएफको सामना गर्नेछन् ।

बिहीबार नै सम्पन्न महितार्फको खेलमा आर्मीले एभरेस्ट भलिबल क्लब तथा एपिएफले न्यू डायमन्ड युथ स्पोर्टस क्लबमाथि समान ३-० को जित निकालेका थिए ।
यसैगरी पुरुषतर्फ हेल्प नेपालले एपिएफमाथि ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो ।

 दिनको अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले शैलुङ्ग बागढुङ्गाको सामनागर्दैछ ।