पल्सर स्पोर्टस अवार्ड

पलेशा गोवर्धन बनिन उत्कृष्ट पारा एथलिट

काठमाडौं । नेपालभित्र फरक क्षमताको खेल क्षेत्रमा रोल मोडलको जर्दा हासिल गरेकी पारा तेक्वान्दो खेलाडी पलेस गोवर्धनको करियरले सिढी चढ्ने क्रमलाई निरन्तरता दिने क्रममा मंगलबार पल्सर स्पोर्टस अवार्डअन्तर्गत पारा एथलिट सम्मान प्राप्त गरेको छ ।


वितेको वर्ष २०७८ मा टोकियो पारा ओलम्पिकका लागि छानिनु मात्र पलेसाको सफलता थिएन। ओलम्पिकको मञ्चमा पलेसाले दुई बाउट जित्ने सुनौलो इतिहास रचिन । ओलम्पिक वा पाराओलम्पिकमा यसअघि अर्को कुनै नेपालीले एउटै खेल जितेको पनि इतिहास थिएन । तेस्रो खेलमा जितको मुखमै पुगिसक्दा पनि निराश हुनुनपरेको भए पलेसा पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्ने थिइन ।

कोभिड १९ को विश्वव्यापी महामारीका कारण एक वर्ष ढिलो गरि २०२१ मा भएको टोकियो ओलम्पिक तथा पारा ओलम्पिक २०२० मा पदक विमुख भए पनि पलेसाको करियर रोकिएन । त्यसलगत्तै उनले एसियन युथ पारा खेलकुदमा स्वर्ण पदक जितेर अर्को इतिहास बनाइन् ।