चैत्र १२, २०८२ बिहीबार | १६:५०:०८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

फुटबलका मनिषलाई उत्कृष्ट युवा खेलाडीको पुरस्कार

काठमाडौं ।  नेपाली फुटबलका उदयीमान फरवार्ड मनिष डाँगी मंगलबार पल्सर स्पोर्टस अवार्डमा उत्कृष्ट युवा खेलाडीको पुरस्कारबाट सम्मानित भएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ जनाउँने क्रममै युवा फरवार्ड मनिषले एसियाली फुटबलको महारथी इराकविरुद्ध गोल गरेर आफ्नो क्षमता प्रमाणित गरेका थिए । यसैगरी गतवर्ष साफ च्याम्पियनसिपमा फाइनल पुग्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा उनले उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक विजयी गोल गरेका थिए । घरेलु फुटबलमा मछिन्द्रले लगातार दोस्रो पटक लिग जित्दा मनिषको भूमिका उल्लेख्य थियो ।  

मनिषले सर्वोकृष्ट युवा खेलाडीको पुरस्कारमाथि कव्जा जमाउँदा मनोनयनमा परेका महिला राष्ट्रिय भलिबलकी उषा भण्डारी, महिला राष्ट्रिय फुटबलर प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा र ब्याड्मिन्टनकी रसिला महर्जनलाई पछि पारेका थिए । पुरस्कारवापत उनले पल्सरको मोटरसाइकल हासिल गरे ।

नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न ९ विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने अवार्डको युवा विधामा उषासँगै फुटबलका मनिष डाँगी र प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा र ब्याड्मिन्टनकी रसिला महर्जन मनोनयनमा परेका थिए ।

वर्ष २०७८ मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा मञ्चको छनोट समितिले उत्कृष्ट पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । मञ्चका सचिव अञ्जन खड्का संयोजक रहेको समितिले पाँच उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडीको चयन मंगलबारै गरेको जनाएको छ ।
 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो