माघ १५, २०८२ बिहीबार | १९:४३:०३
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

फुटबलका मनिषलाई उत्कृष्ट युवा खेलाडीको पुरस्कार

काठमाडौं ।  नेपाली फुटबलका उदयीमान फरवार्ड मनिष डाँगी मंगलबार पल्सर स्पोर्टस अवार्डमा उत्कृष्ट युवा खेलाडीको पुरस्कारबाट सम्मानित भएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ जनाउँने क्रममै युवा फरवार्ड मनिषले एसियाली फुटबलको महारथी इराकविरुद्ध गोल गरेर आफ्नो क्षमता प्रमाणित गरेका थिए । यसैगरी गतवर्ष साफ च्याम्पियनसिपमा फाइनल पुग्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा उनले उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक विजयी गोल गरेका थिए । घरेलु फुटबलमा मछिन्द्रले लगातार दोस्रो पटक लिग जित्दा मनिषको भूमिका उल्लेख्य थियो ।  

मनिषले सर्वोकृष्ट युवा खेलाडीको पुरस्कारमाथि कव्जा जमाउँदा मनोनयनमा परेका महिला राष्ट्रिय भलिबलकी उषा भण्डारी, महिला राष्ट्रिय फुटबलर प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा र ब्याड्मिन्टनकी रसिला महर्जनलाई पछि पारेका थिए । पुरस्कारवापत उनले पल्सरको मोटरसाइकल हासिल गरे ।

नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न ९ विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने अवार्डको युवा विधामा उषासँगै फुटबलका मनिष डाँगी र प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा र ब्याड्मिन्टनकी रसिला महर्जन मनोनयनमा परेका थिए ।

वर्ष २०७८ मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा मञ्चको छनोट समितिले उत्कृष्ट पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । मञ्चका सचिव अञ्जन खड्का संयोजक रहेको समितिले पाँच उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडीको चयन मंगलबारै गरेको जनाएको छ ।
 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।