एनएसजेएफ

कर्पोरेट फुटसल: एनएसजेएफ क्वार्टरफाइनलमा

कर्पोरेट फुटसल प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मन्च(एनएसजेफ)ले शनिबार कतार राजदुतावासलाई ५-० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।  

बालुवाटारस्थित ढुकु फुटसलमा जारी प्रतियोगितामा एनएसजेफका लागि गौरव फुयालले ह्याटि्रक गरे । सुवास हुमागाईं र निशान राईले एक एक गोल गरे ।

एनएसजेफले अब सेमिफाइनल प्रवेशका लागि टोयोटा मोटर्ससँग खेल्नेछ ।

समूह 'ई'को विजेता बनेको एनएसजेफले पहिलो खेलमा नेपाल ओलम्पिक कमिटीलाई ३-१ ले हराएको छ । एनएसजेफका लागि अभिनव जोशीले दुई र बासु अवालले एक गोल गरेका थिए ।