इङ्लिस प्रिमियर लिग

वेस्ट ह्यामका रक्षक आस्बी न्युकासलमा अनुबन्ध

काठमाडौं । इङ्लिस प्रिमियरको क्लब वेस्ट ह्याम युनाइटेडका रक्षक ह्यारिसन आस्बी न्युकासल युनाइटेडमा अनुबन्धित भएका छन् ।

प्रिमियर लिगको क्लब न्युकासलले आस्बीलाई तीन मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।  

न्युकासलले आइतबार मात्र एभर्टनका एन्थोनी गोर्डनलाई ४५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

स्कटल्यान्डका  २१ वर्षिय आस्बीले कती समयमका लागि समझौता गरेका हुन् भन्ने बारे खुलाइएको छैन । यद्यपी, उनले लामो समयका लागि सम्झौता गरेका बताइएको छ ।