मछिन्द्र फुटबल क्लब

अविशेकले मछिन्द्रसँगको सम्झौता नविकरण गरे

काठमाडौं । मिडफिल्डर अविशेक गुरुङले सहिद स्मारक ए डिभिजन लिगको साबिकको विजेता मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

मछिन्द्रले मंगलबार समाजिक सञ्जालमार्फत यस सिजनका लागि अविशेकसँग सम्झौता नवीकरण गरिएको जनाएको हो ।

नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । मछिन्द्रले फागुन २१ मा जावलाखेल युथ क्लबसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।

यस अघि मछिन्द्रले स्ट्राइकर  सौरभ लिम्बु, मिडफिल्डर पुजन उपरकोटी, रक्षक निसेन सुब्बा र प्रशान्त अवस्थीलाई अनुबन्ध गर्दा राष्ट्रिय टोलीका रक्षक देवेन्द्र तामाङ, स्ट्राइकर विमल घर्ति मगर र मिडफिल्डर सुजल श्रेष्ठसँग सम्झौता नवीकरण गरेको थियो ।