नेपाल क्रिकेट संघ

क्यान कार्यसम्पादन समितीको राजिनामा माग गर्दै सात सदस्यद्धारा बोर्ड बैठक बहिस्कार

फाइल फोटो

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का असन्तुष्ट केन्द्रिय सदस्यहरुले बोर्ड बैठकमा क्यान कार्यकसमितीको राजिनामा माग गर्दै पत्र बुझाएका छन् ।

पोखरामा जारी क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रीय सदस्यहरुले क्यान कार्यसम्पादन समितीमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा केन्द्रिय सदस्य दुर्गाराज पाठक र पदक खड्काले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

बैठकमा अध्यक्षसहित कार्यसम्पादन समितीको लिखित रुपमा राजीनामा मागको पत्र बुझाएको केन्द्रीय सदस्य ऋषिराम गौतमले खेलाडीलाई जानकारी दिए ।

केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गरेका हुन् ।

क्यान केन्द्रिय समितीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का दुई प्रतिनिधिसहित १९ सदस्य रहने ब्यवस्था छ । 

‘हामीले क्यान कार्यसम्पादन समितीको राजिनामा माग गर्दै पत्र बुझाएका छौं,’ गौतम भने,‘ राजिनमा माग गरेपछि हामीले नैतिकताका अधारमा बैठकमा बस्न नमिल्ने भएर बहिस्कार गरेका छौं । उँहाहरु बैठकमै हुनुहुन्छ । के हुन्छ हैरौं । हामी यस सम्बन्धमा साँझ पाँच बजे पत्रकार सम्मेलन गर्दै छौं । ’

आजको कार्यसमितिको बैठक विशेषः दुई बुदामा रहने एक केन्द्रिय सदस्यले खेलाडीलाई बताए । पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने र निकै विवाद बनेको नेपाल टी २० लिगको समिक्षा गर्ने बताइएको छ।

यसैगरी आइसिसी पुरूष  विश्वकप लिग दुई   अन्तर्गत घरेलु मैदानममा हुने  दुई  त्रिकोणात्क श्रृंखला , युएईमा आयोजना हुने श्रृंखला , आइसिसी विश्वकप यु १९ पुरुष एसिया छनोट, एसिसी प्रिमियर कप काठमाडौंमा आयोजना हुने सम्बन्धमा, संघको वार्षिक साधारण सभा सम्बन्धमा, कार्यसम्पादन समितीको विस्तारसहित १७ बुँदाको एजेन्डामा छलफल हुनेछ ।