लियोनल मेसी

म्याराडोनाको हातबाट विश्वकप ट्रफी लिन नपाएकोमा मेसीको दुखेसो

पेरिस । डिएगो म्याराडोनाको हातबाट विश्वकप ट्रफी लिन नपाएकोमा अर्जेन्टिनी कप्तान लियोनल मेसीले दुख व्यक्त गरेका छन् ।  मेसीले विश्वकप जित्न लामो समय लागेकोमा भने आफुलाई  कुनै अफसोस नभएको बताएका छन् । 


मेसीप्रेरित अर्जेन्टिनाले कतार विश्वकप २०२२ को  उपाधि  जितेकाे  जितेको थियो । अर्जेन्टिनालाई तेस्रो पटक  विश्वकप उपाधि दिलाउने  क्रममा  प्रतियोगिता अवधिभर कुल सात गोल गरेका मेसीले सर्वोत्कृष्ट खेलाडी  चुनिएका थिए । 

अर्जेन्टिनाले  फाइनलमा साबिकको विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै २६ वर्षपछि विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिनाले पछिल्लोपटक म्याराडोनाको कप्तानीमा १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।

म्याराडोनाको सन् २०२० मा हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको थियो । ‘डिएगोले मलाई विश्वकप ट्रफी हस्तान्तरण गरेको वा कम्तिमा पनि हामीले विश्वकप जितेको हेर्नुभएको भए म खुसी हुन्थेँ’ मेसीले भावुक हुँदै भने,‘उहाँ राष्ट्रिय टिमलाई धेरै मनपराउनु हुन्थ्यो र हामी जितेको हेर्न चाहनुहुन्थ्यो ।’