एफए कप

वेस्टहाम र युनाइटेडको भेट पक्का

काठमाडौं । वेस्टहामले एफए कपको पाँचौ चरणमा प्रशिक्षक डेविड मोयसको पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँगको भेट पक्का गरेको छ ।

सोमबार राति भएको खेलमा वेस्टहामले  डर्बीलाई २–० ले हराएको छ । जारोड बावेनले पछिल्लो दुई खेलमा तीन गोल गरेपछि वेस्टहामले सहज जित निकालेको हो ।

माइकल एन्टोनियोले घरेलु टोलीको लागि दोस्रो गोल गरेका थिए । लन्डन क्लब वेस्टहामले अघिल्लो खेलमा एभर्टनलाई प्रिमियर लिगमा २–० ले नै हराएको थियो ।

यसैगरी पाँचौ चरणमा टोटनहमले रेक्सहम र सेफिल्ड युनाइटेडबीच एकसँग खेल्नेछ ।

साउथह्याम्पटनले ल्युटन र ग्रिम्सबीमध्य एकसँग खेल्नेछ । लेस्टर सिटीले ब्ल्याकबुर्न र बर्मिङ्घम मध्यसँग खेल्ने तालिका छन् । स्टोक सिटी र ब्राइटन भिड्नेछन् ।