कोपा इटालिया

नेपोली कोपा इटालियाबाट बाहिरियो

मिलान । क्रिमोन्सेसँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएसँगै इटालियन सिरी ए को शीर्ष क्लब नेपोली कोपा इटालियाबाट भने बाहिरिएको छ । 

निर्धारित र अतिरित्त समयको खेलमा २-२ को बराबरी भएपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउटमा लगाइएको थियो । जहाँ नेपोल निराश बन्यो ।

१८औं मिनेटमा पिक्कलको गोलमा क्रिमोन्सेले अग्रता लिएको थियो ।३३औं मिनेटमा जिजस र ३६औैं मिनेटमा सिमोनको गोलमा गोलमा नेपोलीले अग्रता लिएको थियो । खेल सकिन तीन मिनेट बाँकी रहँदा अल्फेना जियानले क्रिमोन्सेलाई खेलमा फर्काएका थिए । 

पेनाल्टी सुटआउटमा क्रिमोन्सेका भाजक्युज,ब्योनाटियो, ट्रसटाउट,भाल्लेरी र अल्फेना जियानले गोल गरे । 

नेपोलीका लागि भने सिमोन,पोलिटियानो ,जिलेन्स्की र ओसिहमेन गोल गरे । लोबाट्कोको प्रहार भने गोलमा परिणत भएन । 

सन् १९९० पछि पहिलो पटक सिरी ए को उपाधि जित्ने लक्ष्यमा रहेको नेपोलीले शीर्ष स्थानमा नौ अंकको अग्रता लिइसकेको छ ।

च्याम्पियन्स लिगमा पनि नेपोली समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । कोपा इटालियाबाट बाहिरिएपछि तेहेरो उपाधि जित्ने नेपोलीको लक्ष्यले पूर्णता नपाउने भएको छ ।