अस्ट्रेलियन ओपन

सिनर तेस्रो चरणमा

काठमाडौं । इटालियन टेनिस स्टार जानिक सिनर वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

सिनरले बुधबार सम्पन्न दोस्रो चरण अन्तर्गतको खेलमा अर्जेन्टिनाका टोमस मार्टिन एचेवेरीलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।

जोन केन एरिनमा सिनरले खेल ६-३, ६-२ र  ६-२ ले आफ्नो पक्षमा पारेका थिए ।

पहिलो चरणमा सिनरले बेलायतका कायल एड्मन्डलाई ६-४, ६-० र  ६-२ तथा एचेवेरीले फ्रान्स र ग्रिगोर बेरेरलाई ३-६, ६-३, ६-४ र  ६-४ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका थिए ।