इङ्लिस प्रिमियर लिग

ब्राजिलियन मिडफिल्डर ड्यानिलो नटिङघममा अनुबन्ध

काठमाडाैं । ब्राजिलियन मिडफिल्डर ड्यानिलो लईज डि सिल्भा इङ्लिस प्रिमियर लिगको क्लब  नटिङघम फरेस्टमा अनुबन्ध भएका छन् ।

नटिङघमले ड्यानिलोलाई ब्राजिलियन क्लब पल्मेराजबाट १६ मिलियन यूरोमा अनुबन्ध गरेकाे हाे । २१ वर्षिय ड्यानिलोले नटिङघमसँग साढे ६ वर्षको सम्झैता गरेका छन् । 
। 
‘म खेलमा केन्द्रित हुनेछु । म मैदानमा आफ्नो शतप्रतिशत दिनेछु । मेरो लक्ष्य नै जित निकाल्ने हो’,ड्यानिलोले भने ‘म नयाँ टोलिसँग भेट्ने निक्कै उत्साहित छु । आसा छ प्रिमियर लिगमा खेल्ने मेरो सपना चाडैँ पुरा हुनेछ । मलाई क्लबको इतिहासबारे थोरै जानकारी छ । क्लबले दुई पटक यूरोपियन कप जित्न सफल भएको छ ।’

ड्यानिलो जनवरी ट्रान्सफर विन्डोमा नटिङम भत्रिने दोस्रा खेलाडी हुन् । यसअघि उनका सहकर्मी गुस्ताभो स्कारपा क्लबमा अनुबन्ध भएका थिए ।