क्रिस्टयानो रोनाल्डो

रोनाल्डोको आगमनसँगै विश्व फुटबलमा बढ्यो अल नासरको क्रेज

रियाद । कतार विश्वकप २०२२ अन्तर्गत  क्वार्टरफाइनलमा पार्चुगल उत्तर अफ्रिकी टोली मोरोक्कासँग १-० ले पराजित भयो । मोरोक्कोसँगको हार पोचुर्गिच फुटबलका लागि खराब  दिन साबित हुन पुग्यो ।

उक्त खेलमा पहिलो रोजाइमा नपरेका क्रिस्टयानो रोनाल्डो खेलपछि आखाँभरि आसुँ बनाउँदै मैदानबाट बाहिरिएका थिए । कुनै क्लबमा आबद्ध नभएका रोनाल्डोले विश्वकपपछि संन्यास लिने धेरैको आकंलन थियो । तर, धेरैको दुबिधालाई हटाउँदै रोनाल्डो मध्य पूर्वी देश साउदी अरेबियाको क्लब अल नासरमा आबद्ध भए ।

ठूला  युरोपियन क्लबले चोसो नदेखाएपछि  रोनाल्डो अल नासरमा अनुबन्धित भएका थिए । अल नासरले फुटबलका महान  खेलाडीलाई  क्लबमा भित्राएन मात्र, पुरै विश्वको ध्यान आकर्षण गर्न सफल भयो । 
रोनाल्डोकै कारण उनका समर्थकहरुले अल नासरलाई पछउन थालेका छन् । यसअघि अल नासरको  बारेमा कमैलाई मात्र थाहा थियो । 
३७ वर्षिय रोनाल्डोले क्लबलाई चर्चामा मात्र ल्याएका छैनन् । उनकै कारण सामाजिक सञ्जाल इन्सटाग्राममा अल नासरको आधिकारित  पेजमा ५.३ मिलियन सर्मथकहरु समेत थपिएका छन् । 
 

साउदी अरेबिया बेलाबखत विभिन्न कडा नियमहरुकै कारण मात्र चर्चामा थियो । तर, अहिले फुटबलकै उत्कृष्ट सफल खेलाडीलाई भित्र्याउँदै विश्वकै ध्यान  आफूतिर  केन्द्रित गर्न सफल भएको छ ।

हालै साउदीले अर्जेन्टिनाका अर्का महान खेलाडी लिओनेल मेसीलाई भित्राउन चाहेको अभिब्यक्तिहरु सार्बजनिक भएको थियो ।विभिन्न संञ्चार माध्यका अनुसार साउदी क्लब मार्काे रिउस र सर्जियो रामोसलाई पनि भित्र्याउन  प्रयासरत छ । 


रोनाल्डोको  आगमनसँगै अल नासर मात्र नभएर पूरा साउदी फुटबलले नै विश्वसामू आफुलाई स्थापित गराउने अनुमान गरिएको छ ।