अस्ट्रेलियन ओपन

मेडभेडेभ दोस्रो चरणमा

काठमाडौं । रसियन टेनिस स्टार ड्यानियल मेडभेडेभले वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रयितोगिता अस्ट्रेलियन ओपनमा  सुखद सुरुआत गरेका छन् ।

मेडभेडेभले पहिलो चरण अन्तर्गत सोमाबार सम्पन्न खेलमा अमेरिकाका मार्कोस जिरोनमाथि ३-० को सोझो सेटको जित हात पारेका हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा मेडभेडेभले खेल ६-०, ६-१ र ६-२ ले आफ्नो पक्षमा पार्दै दोस्रो चरणमा स्थान सुरक्षित गरे ।

मेडभेडेभले दोस्रो चरणमा घरेलु खेलाडी जोन मिलिम्यानको सामना गर्नेछन् । मिलिम्यानले स्विट्जरल्यान्डका मार्क आन्द्रे हुइसलरलाई ६-७( ६-१०,७-५, ६-७(२-७), ६-२ र ६-३ ले पराजित गर्दै दोस्रो चारण्मा स्थान बनाएक हुन् ।

यसैगरी साबिकको विजेता राफेल नाडल, क्यामरुन नोरी, जानिक सिनर, टारो ड्यानियलले पनि आफ्नो खेलमा जित हात पार्दै दोस्रो चराणमा स्थान बनाएका छन् ।