फ्रेन्च लिग वान

क्लब फुटबलमा केन्द्रित हुन मेसी र एमबाप्पेलाई गाल्टियरको आग्रह

पेरिस । फ्रेन्च लिग वानमा लगातार दोस्रो खेलमा नतिजा सुम्पिएसँगै पेरिस सेन्ट जर्मन (पिएसजी) का गोलकिपर क्रिस्टोफ गाल्टियरले कतार विश्वकप २०२२ का मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई क्लब फुटबलमा पनि केन्द्रित हुन आग्रह गरेका छन ।

पिएसजी रेनिससँग १-० ले पराजित भएको थियो । विश्वकपअघि शीर्ष स्थानमा पिएसजीले सात अंकको अग्रता लिएको थियो । तर लगातारको हारपछि सो अग्रता तीन अंकमा झरेको छ ।
पिएसजीका स्ट्राइकर लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको थियो भने किलियन एमबाप्पेको टोली फ्रान्स उपविजेता बनेको थियो । सात गोल गरेका मेसी प्रतियोगिताको सर्वोेउत्कृष्ट खेलाडीको रुपमा गोल्डने बल जितेको थियो भने आठ गोल गरेका एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए ।

‘विश्वकप सकियो । अब क्लब फुटबलमा केन्द्रित हुन आवश्यक छ,’उनले भने, ‘हाम्रो टोलीमा धेरै राम्रा खेलाडी छन तर प्रदर्शन उनीहरुको स्तर अनुसारको हुन सकेन । टोली स्वभाविक प्रदर्शनमा फर्कन आवश्यक छ ।’