अस्ट्रेलियन ओपन

सावालेन्कालाई चम्किने अवसर

सिड्नी । अस्ट्रेलियन ओपनको महिलातर्फ पछिल्लो तीन संस्करणमा भिन्न भिन्न खेलाडीले जितेका छन । वर्षको पहिलो ग्रान्ड स्लामले यस पटक पनि महिलातर्फ नयाँ विजेता पाउने निश्चित छ ।

साबिक विजेता एस्लेघ बार्टीले संन्यास घोषणा गरिसकेकाले प्रतियोगिताले महिलातर्फ नयाँ विजेता पाउने निश्चित भएको हो ।

इगा स्वायटेकका लागि २०२२ उत्कृष्ट रह्यो । फ्रेन्च ओपनर र युएस ओपन विजेता स्वायटेकलाई यस पटक अस्ट्रेलियन ओपनको उपधिको प्रबल दाबेदार मानिएको छ । उनी पछिल्लो ३७ खेलदेखी अपराजित रहेकी छिन । 

त्यस्तै आयना सावालेन्कालाई पनि उपाधि दाबेदारको रुपमा हेरिएको छ । सावालेन्का लागि आफ्नो उत्कृष्ट लय प्रमाणित गर्ने यो सबैभन्दा सुनौलो अवसर हो ।

सावालेन्काले पछिल्लो पाँच ग्रान्ड स्लामको सेमिफाइनलसम्मको यात्रा तय गर्दै आफुलाई अब्बल खेलाडीको रुपमा उभ्याएकी हुन ।  

गत संस्करणमा सावालेन्काको अस्ट्रेलियन ओपनको यात्रा चौथो चरणमा सीमित भएको थियो । उनी आफ्नो खेलजीवनको पहिलो ग्रान्ड स्लाम सफलताको पर्खाइमा छिन ।