इन्टर मिलान

नयाँ गन्तब्य खोज्दै रोबेर्टो

मिलान । इन्टर मिलानका मिडफिल्डर रोबेर्टो गाग्लिर्याडानीले टोलीमा गरेको अवसर कम पाएको भन्दै यसै सिजनको अन्त्यपछि सान सिरो छोड्ने संकेत गरेका छन ।

एट्लान्टाका पूर्व खेलाडीसमेत रहेका रोबेर्टोले यस सिजन इटालियन सिरी ए मा इन्टरबाट पहिलो रोजाईमा दुई खेलका लागि अवसर पाएका छन ।

इन्टरले आइतबार हेलास भेरानामाथि १-० को जित निकालेको खेलमा उनले ९० मिनेट नै मैदानमा बिताएका थिए । उनले ६ खेलमा वैकल्पिक खेलाडीको रुपमा अवसर पाएका छन । उनी आफुलाई कम अवसर दिएकोमा निराश भएका हुन ।

यस सिजनको अन्त्यपछि रोबेर्टो र इन्टरबीचको सम्झौता सकिनेछ । 

‘मैले निकै कम अवसर पाइरहेको छु’, उनले भने, ‘त्यसैले यस सिजनको अन्त्यपछि नयाँ गन्तब्यको बारेमा सोच्ने छु । ’

दुई सिजन अघि इन्टरले सिरी ए को उपाधि जित्दा पनि रोबेर्टो टोलीका सदस्य थिए । त्यस सिजन उनले चार खेलम पहिलो रोजाईबाट अवसर पाएका थिए भने नौ खेलमा वैकल्पिक खेलाडीको रुपमा अवसर पाएका थिए ।