क्रिस्टियानो रोनाल्डो

रोनाल्डोमाथि लागेको आरोप सबै अफवाह होः अल नासर

काठमाडौं । पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले विश्वकप २०३० को प्रचारप्रसारका लागि सम्झौता नगरेको अल नासर क्लबले जनाएको छ ।

रोनाल्डोले डिसेम्बर ३० मा साउदी अरेबियन क्लब अल नासरसँग साढे दूई बर्षको लागि सम्झौता गरेका थिए ।  रोनालडोले कतार विश्वकप २०२२ भन्दा अघि इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड छाडेका थिए । 
 राेनाल्डाे  दुई सय मिलियन यूरोमा अल नासरमा अनुबन्धित भएको खबर बाहिरिएको भए पनि क्लबले आधिकारीक रुपमा भने सार्वजनिक गरिसकेको छैन ।

रोनाल्डोले साउदी अरेबियामा  विश्वकपमो पाचार प्रसारका लागि आएको भन्ने आरोपको अल नासले अस्वीकार गरेको छ ।  कतारले २०२२ को  विश्वकप सफलतापूर्वक आयोजना गरेपछि साउदीले पनि २०३० को विश्वपको आयोजना गर्ने इच्छा देखाएको छ ।

अल नासरले रोनाल्डोमाथि लागेको आरोपको खण्डन गरेको छ । विश्वकप २०३० को विश्वकप आयोजनाका लागि साउदीसँगै स्पेन,युक्रेन,रोनाल्डोकै देश पोर्चुगल लगायत प्रस्पिर्धामा हुने अनुमान गरिएको छ ।

अल नासरले भनेको छ ‘हामीसँग सम्झौताको क्रममा रोनाल्डोले कुनै त्यस्तो प्रतिबद्धता गरेका छैनन् । यो सबै अफवाह हो रोनाल्डोको मूख्य लक्ष्य नै अल नासर हो । उनी सहकर्मीसँग मिलेर क्लबलाई सफलतातर्फ लैजाने प्रयासमा छन् । ’
 रोनाल्डोले शुक्रबार अल नासबाट  डेब्यू गर्ने अवसर गुमाएका थिए । उनलाई दुई खेलमा प्रतिबन्ध लगाएको छ ।