राफेल नाडाल

नाडालले १५ वर्षपछि दुबई टेनिस च्याम्पियनसिप खेल्ने

काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडालले १५ वर्षपछि एटिपी टुर अन्तर्गतको दुबई टेनिस च्याम्पियनसिप खेल्ने भएका छन् ।

 सन् २००६ को विजेता नाडालले पछिल्लोपटक सन् २००८ मा यो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

दुबई टेनिस च्याम्पियनसिप  फेब्रुअरी २७ बाट सुरु हुनेछ । हाल विश्व नम्बर दुई नाडाल कीर्तिमानी २२ पटकका ग्राण्ड स्लाम उपाधि विजेता खेलाडी हुन् ।

गत वर्ष फाइनलमा जिरी भेसेलीलाई ६–३, ६–४ ले हराउँदै एन्ड्री रुबलेभले दुबई टेनिस च्याम्पियनसिपको उपाधि जितेका थिए ।