पिएसजी

पिएसजी अन्तिम ३२ मा

 काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी) फ्रेन्च कपको अन्तिम ३२ मा प्रवेश गरेको छ ।

पिएसजीले शुत्रबार राति सम्पन्न खेलमा च्याटाउरोक्सलाई ३–१ ले हराएको हो । पिएसजी लियोनल मेसी,नेयमार र किलियन एमबाप्पे बिना मैदान उत्रिएको थियो।

स्टेड गास्टोन पिटिटमा खेलको १३ औं मिनेटमा हेयुगो एकिटिकेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा नाटनिल एनटोलाले गोल गर्दै च्याटाउरोक्सलाई १–१ को बराबरीमा ल्याए ।

७८ औं मिनेटमा कार्लोस सोलेरले गोल गरेपछि पिएसजी २–१ ले अघि बढ्यो ।  इन्जुरी समयमा जुवान बेर्नटले गोल गर्दै टोलीलाई ३–१ को जित दिलाए ।

कपअन्तर्गत शुक्रबार राति नै सम्पन्न अन्य खेलमा  पाउ एफसी, पेरिस एफसी, एन्जर्स र ग्रिनोब्ली फुट ३८ ले पनि जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन् ।