अस्ट्रेलियन ओपन

चोटका कारण कार्लोसले अस्ट्रेलियन ओपन गुमाउने

 

काठमाडौं । स्पेनिस टेनिस स्टार कार्लोस अल्काराजले अस्ट्रेलियन ओपन गुमाउने भएका छन् ।

प्रि–सिजनको प्रशिक्षणका दौरान खुट्टामा चोट लागेपछि विश्व एक कार्लोसले अस्ट्रेलियन ओपन गुमाउने भएका हुन् ।

१९ वर्षीय कार्लोस विश्व नम्बर एक हुने कान्छो खेलाडी हुन् । उनले  गत सेप्टेम्बरमा युएस ओपन जितेका थिए ।

वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपन जनवरी १६ बाट सुरु हुँदैछ ।