शहिद स्मारक ए डिभिजन लिग

१० क्लबले लिए तयारी रकमको पहिलो किस्ता

काठमाडौं । आगामी फागुन १९ बाट सुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको लागि बुधबारसम्म १४ मध्य ११ क्लबले प्रवेश फारम बुझाएका छन् ।

दर्ता भएका ११ मध्ये १० क्लबले एन्फाले लिगका लागि उपलब्ध गराएको तयारी रकमको पहिलो किस्ता लिएको अखिल नेपाल फुटबलसंघ एन्फाले बताएको छ ।

चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब,नेपाल एपिएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब,फ्रेन्ड्स क्लब,हिमालयन शेर्पा,थ्रीस्टार क्लब,संकट क्लब,न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले प्रवेश फारम भरेका हुन् ।
 

नेपाल पुलिस क्लब बाहेक सबैले तयारी रकमको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ प्राप्त गरेका छन् । अब मनाङ मर्स्याङदी,खुमलटार युवा क्लब,सातदोबाटो युथ क्लबले प्रवेश फारम बुझाउन बाँकी छ ।

एन्फाले लिगको तयारीका लागि ३२ लाख ५० हजार दिने छ । यो अघिल्लो सिजनको भन्दा १० लाख बढी हो ।

एन्फाले प्रवेश फारम भर्ने अन्तिम मिति शुक्रबार ( पुस २२) सम्मलाई तोकेको छ।