नोभाक जोकोभिच

नोभाक जोकोभिच क्वाटरफाइनलमा

काठमाडौँ । २१ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिच एडिलेड अन्तर्राष्ट्रिय प्रतियागिताको क्वाटर फाइनलमा पुगेका छन् ।
 

बिहिबार एडिलेडमा नोभाकले कोओटिन हेलिजलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका हुन् । 
पहिलो सेटमा ५–२, दोस्रोमा ५–३ पछि परेको खेलमा नोभाकले फ्रान्सेली खेलाडीलाई ७–६(७–३) र ७–६(७–५)  हराएका हुन् ।
 

अस्ट्रेलियन ओपनको तयारी स्वरुप भएको प्रतियोगिताको क्वार्टरफाइनलमा नोभाकले शुक्रबार क्यानेडियन डेनिस शापोभालोभसँग प्रतिस्पर्धा गर्नेछन् । । 
 

अस्ट्रेलियन  निक किर्गिओस घुडाँको चोटका कारण एडिलेड अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिएका छन् ।
२७ बर्षिय किर्गिओस गत हप्ता युनाइटेड कपबाट पनि बाहिरिएका थिए । उनी १६ जनवरीबाट हुने अस्ट्रेलियन ओपनको तयारीमा ब्यस्त छन् । 
 

नोभाकले सन् २०२२ को विमबल्डनको फाइनमा किर्गिओसलाई हराएका थिए । नोभाक अस्ट्रेलियन ओपनमा राफेल नाडालसँग प्रतिस्पर्धा गर्दै २२ पटकको रेकर्ड बराबरी गर्न चाहन्छन् । 


नोभाकले गत बर्ष कोभिड १९ विरुद्धको खोप नलगाएका कारण अस्टे«लियामा प्रवेश पाएका थिएनन् । जसकारण अस्ट्रेलियन ओपन टेनिस गुमाउन पुगे । 
 

३५ बर्षिय नोभाकले भने, ‘यो आधिकारीक हो । मैले के नै गर्न सक्थे’।