स्पेनिस ला लिगा

रंगभेदी दुर्व्यवहार गर्नेविरुद्ध ला लिगाले केही नगरेको भिनिसियसको आरोप

काठमाडौं । ब्राजिलियन विंगर भिनिसियस  जुनियरले स्पेनिस ला लिगाले रंगभेदी दुर्व्यहार गर्नेविरुद्ध केही पनि नगरेको आरोप लगाएका छन् ।

लि लिगाअन्तर्गत शुक्रबारको खेलमा रियाल भालाडोलिडलाई २–० ले पराजित गर्दा समर्थकले भिनिसियसलाई रंगभेदी दुर्व्यवहार गरेका थिए । ‘ठूला क्लबको खेलमा रंगभेदी दुर्व्यवहार बढिरहेको छ तर ला लिगाले त्यसलाई रोक्न केहि गर्न सकिरहेको छैन,’ भिनिसियसले भने ।

भिनिसियस स्पेनिस ला लिगको क्लब रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने गर्छन् । 
 

ला लिगाका प्रवक्ताले लिगमा रंगभेदलाई कुनै स्थान नभएको बताएका छन् । ‘हामी भिनिसियमाथि भएको दुर्व्यवहारको अनुसन्धान गर्दैछौं र रंगभेदी  दुर्व्यवहार गर्नेको पहिचानका लागि क्लबहरू र उपयुक्त अधिकारीहरूसँग मिलेर काम गर्नेछौं,’ ला लिगाले भनेको छ ।