राफेल नाडाल

तत्काल संन्यासको सोच बनाएको छैनः नाडाल

काठमाडौँ । २२ पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडालले तत्काल संन्यास नलिने बताएका छन् ।

युनाइटेड कपमा क्यामरुन नोरीसँग पराजित भएपछि  स्पेनिस स्टार नाडालले तत्काल संन्यासको सोच नबनाएकाले अझै टेनिस खेल्ने बताएका हुन् ।

जनवरी १६ बाट सुरु हुने अस्ट्रेलियन ओपनको तयारीका रुपमा खेलिएको प्रतियागितामा नाडाल ३–६, ६–३ र ६–४ को सेटमा पराजित भएका थिए ।  

‘जब म पत्रकार सम्मेलनमा आउँछु, तब मैले संन्यास लिनुपर्छ जस्तो लाग्छ । तपाईहरु मेरो सन्यास प्रति निकै चासो राख्नु हुन्छ,’नाडालले भने‘ जुन दिन संन्यासको घोषणा गर्छु त्यो दिन तपाँईहरुलाई जनाकारी हुनेछ । तर, अहिले मेरो संन्यासको विषयलाई नउठाउनुहोस् । म अझै खेल्छु ।’

३६ वर्षिय नाडालले वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनमा आफ्नो प्रदर्शनलाई सुधार गर्ने बताए ।

‘मसँग दुई हप्ताको समय छ । शारीरिक रुपमा म बलियो बन्न चाहन्छु । नोरी बेलायतका शीर्ष खेलाडी हुन् । उनले मलाई प्रभावित बनाउन केही गर्नु परेन । मलाई थाहा छ, नोरी राम्रा खेलाडी हुन् । म अझै राम्रो गर्न सक्छु, नाडालले भने ।’