पिएसजी

भेराटी २०२६ सम्म पिएसजीमै रहने

पेरिस । इटालियन मिडफिल्डर मार्को भेराटीले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)सँगको सम्झौता नवीकरण गरेका छन् ।

भेराटी र क्लबबीच सन् २०२६ सम्मका लागि सम्झौता नवीकरण भएको हो । भेराटीको सम्झौता सन् २०२३–२४ को सिजन सम्म थियो ।

सन् २०१२ मा पिएसजी भित्रिएका ३० वर्षिय भेराटीले क्लबका लागि आठ लिग वान तथा समान ६ कोपा डि फ्रान्स तथा कोपा डि ला लिगको उपाधि जितेका छन् । भेराटीले क्लबका लागि दुई सय ६२ लिग वान खेल खेल्दा सात गोल गरेका छन्  । 

 ‘पिएजीको हिस्सा बन्न पाउनु मेरा लागि गर्वको विषय हो । मैले यो शहरमा १० वर्ष बिताइसके र मलाई यो आफ्नो दोस्रो घर जस्तै लाग्छ’,भेराटीले भने‘क्लब र समर्थकको धेरै माया र साथका लागि म आभारी छु ।’