इन्जो फर्नान्डेज

फर्नान्डेज भित्र्याउने लिभरपुलको प्रस्ताव अस्वीकृत

लिसबन । बेन्फिकाले मिडफिल्डर  इन्जो फर्नान्डेजका लागि आएको प्रस्तावलाई अस्वीकार गरेको छ ।  पोचुर्गिच पब्लिकेशनका अनुसार बेन्फिकाले इङ्लिस प्रमियर लिगको क्लब लिभरपुलबाट आएको १०० मिलियन युरोको प्रस्ताव अस्वीकार गरेको हो ।

अर्जेन्टिनाका युवा स्टार फर्नान्डेजले टोलीलाई कतार विश्वकप २०२२ को उपाधि दिलाउन महत्वपूर्ण भुमिका निभाएका थिए ।

अर्जेन्टिनाले आइतबार सम्पन्न फाइनलमा साबिकको विजेता फ्रान्सलाई पराजित गर्दै   सन् १९८६ पछि विश्वकप उपाधि जितेको थियो ।

बेन्फिकाले विश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित भएका  फर्नान्डेजको रिलिज क्लज एक सय २० मिलियन युरो तोकेको छ ।

बेन्फिकाका अध्यक्ष रुई कोस्टाले घाटा आएर खेलाडी नबेच्ने बताएका छन् । २१ बर्षिय फर्नान्डेजले च्याम्पियन्स लिगमा  पनि उत्कृष्ट प्रर्दशन गरेका थिए । 
 

लिभरपुरसँगै स्पेनको क्लब  रियाल मड्रिड पनि फर्नान्डेज भित्र्याउने योजनामा छ ।