फुटबल

जिभार्डियोल भित्र्याउन ठूला क्लबको चासो

लन्डन। क्रोएसियाका युवा स्टार जेस्को  जिभार्डियोल भित्र्याउन युरोपका ठुला क्लबले तयारी सुरु गरेका छन । 

पछिल्लो समय बाहिरिएका खबर अनुसार  जिभार्डियोललाई भित्र्याउन चेल्सी,रियाल मड्रिड र म्यानचेस्टर सिटीले तयारी सुरु गरेका हुन ।

जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइप्जिङका रक्षक जिभार्डियोलले कतार विश्वकप २०२२ मा क्रोएसियाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

 क्रोएसियाले मोरोक्कोलाई २–० ले हराउँदै तेस्रो स्थान हासिल गर्दा  जिभार्डियोलले टोलीका लागि पहिलो गोल गरेका थिए ।

बेलायती पत्रिका द मिररका अनुसार चेल्सीले जिभार्डियोलसँगै क्रिस्टोफर एनकुकु भित्र्याउने विषयमा लाइप्जिङसँग कुरा अगाडी बढाउने तयारीमा जुटेको छ । 

रियालले पनि सिजनको अन्त्यसम्ममा जिभार्डियोललाई भित्र्याउने लक्ष्य राखेको छ ।

लाइप्जिङले उपयुक्त मुल्य पाएको खण्डमा जिभार्डियोललाई फुकुवा गर्ने बताइसकेको छ ।

बेलायती पत्रिका द सनका अनुसार जिभार्डियोलका लागि म्यानचेस्टर सिटीबाट एक सय १० मिलियन पाउन्डसम्मको प्रस्ताव आउन सक्छ ।

हाल डिनामो जाग्रेबबाट लोनमा खेलिरहेका जिभार्डियोलले लाइप्जिङका लागि ४२ बन्डेसलिगा खेल खेल्दा दुई गोल गरेका छन ।