लिभरपुल

भान डाइकले सिटीविरुद्धको खेल गुमाउने सम्भावना


दुबई । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले अर्को हप्ता हुने म्यानचेस्टर सिटीविरुद्धको खेलमा नेदरल्यान्ड्सका डिफेन्डर भर्गिल भान डाइकलाई छनोट नगर्न सुझाव दिएका छन ।

कतार विश्वकप २०२२ अन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनासँग पराजित हुँदै नेदरल्यान्ड्स बाहिरिएपछि भान डाइक यसै साता दुबईमा लिभरपुलसँग प्रशिक्षणमा फर्किएका थिए ।

३१ वर्षीय डाइकले कतरा विश्वकपका पाँच खेलमा कुल ४८० मिनेट मैदानमा बिताएका थिए । क्लोप भान डाइकको पुनरागमनका लागि हतार गर्न चाहँदैनन् । क्लोपले  इङ्ल्यान्डका जोर्डन हेन्डरसन र ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डलाई पनि टोलीमा बोलाएका छैनन् ।

‘पक्कै पनि टोलीमा पर्ने सबैको सम्भावना छ । हेन्डरसन व्यक्तिगत रुपमा प्रशिक्षण गरिरहेका छन । भर्जिल हामीसँगै प्रशिक्षण गर्दैछन’क्लोपले भने‘तर मलाई लाग्छ हामीले उनीहरुलाई खेलाउनु हँदैन ।’

क्लोप अहिले युवा खेलाडीलाई मौका दिइरहेका छन र यसले राम्रो काम पनि गरिहेको छ । लिभरपुलले शुक्रबार क्लब मैत्रीपूर्ण खेलमा इन्टर मिलानलाई ४–१ ले हराएको थियो ।

मिलानको जितमा डार्विन नुनेजले दुई तथा मोहम्मद सलाह र थियागो अल्कन्तराले समान एक गोल गरेका थिए । उरुग्वेका स्ट्राइकर नुनेज विश्वकप खेलेर टोलीमा फर्कएका हुन ।  

यो मैत्रीपूर्ण खेलमा क्लोपले २२ खेलाडीलाई मौका दिएका थिए । लिभरपुलले अर्को शनिबार इङ्लिस लिग कपअन्तर्गतको खेलमा म्याचेस्टर सिटीको सामना गर्नेछ ।