इङ्ल्यारन्ड

टोलीमा स्थान बनाउन अझ मिहेनत गर्न आवश्यकः टोमोरी

लण्डन । इङ्ल्यारन्डका रक्षक फिकायो टोमोरीले टोलीमा पर्नका लागि आफुले अझै धेरै मिहेनत गुर्नपर्नेे बताएका छन ।

इटालियन सिरि ए को क्लब एसी मिलानका लागि राम्रो प्रदर्शनका बाबजुद कतार विश्वकप २०२२ का लागि इङ्ल्यान्डको टोलीमा नपरेका टिमोरी युरोपियन च्यााम्पियनसिपमा पनि यस्ता नहोस भन्ने चाहन्छन ।

उपाधि दाबेदार मानिएको इङ्ल्यान्ड कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।

टोमोरीले क्लबका लागि १५ खेलमै मौका पाएका छन । हाल ३३ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको मिलान शीर्ष स्थानको नेपोलीभन्दा आठ अंकले पछाडी छ ।

सन् २०१९ मा कोसोभोविरुद्धको खेलसँगै इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट डेब्यु गरेका २४ वर्षिय टोमोरीले त्यसयता इङ्ल्यान्डका लागि मात्र दुई खेल खेल्ने अवसर पाएका छन ।

‘टोलीमा नपर्दा निराश भए पनि मैले अझै हिम्मत हारेको छैन’टोमोरीले भने‘ मलाई महसुस भइसकेको छ युरोपियन च्यम्पियनसिप २०२४ का लागि टोलीमा पर्न अझ धेरै मिहेनत गुर्नपर्छ । म त्यसका लागि तयारी पनि गरिरहेको छु । हेरौं के हुन्छ ।’