ब्राजिल

जिजसको सफल शल्यक्रिया

लन्डन । ब्राजिलका स्ट्राइकर ग्याब्रियल जिजसको घुँडाको सफल शल्यक्रिया भएको छ ।

कतार विश्वकप २०२२ अन्तर्गत क्यामरुनविरुद्ध समूह जी को अन्तिम खेलमा  जिजस घाइते भएका थिए । सो खेल ब्राजिलले १-० ले हारेको थियो । सोही चोटका कारण जिजसले विश्वकपका बाँकी खेल गुमाउने निश्चित भएको थियो ।

जिजस करिब तीन महिना मैदान बाहिर रहने बताइएको छ ।

ब्राजिलका प्रशिक्षक टिटेले टोलीमा जिजसको अनुपस्थिती खड्किने बताए ।

‘जिजस राम्रो खेलाडी हुन,’टिटेले भने, ‘हामी उनको शीघ्र स्वस्थ्य लाभको कामना गर्छौै ।’

अन्तिम १६ मा दक्षिण कोरियामाथि ४-१ को सहज जित निकालेको ब्राजिलले सेमिफाइनल प्रवेशका लागि त्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

यस सिजन इङलिस प्रिमियर लिगमा आर्सनलको उत्कृष्ट लयमा जिजसले प्रभावशाली प्रदर्शन गर्दै आएका थिए । उनको अनुस्थिती शीर्ष स्थानको आर्सनलका लागि निकै महंगो साबित हुनसक्छ ।