बंगलादेश

बंगलादेशी महिला फुटबल टोलीले चुमेको सफलता


काठमाडौं । गत सोमबार आयोजक नेपाललाई ३–१ ले हराउँदै गोलको बंगलादेश महिला फुटबल टिमले इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्यो ।

सफलताको यात्रा पुरा भएपनि यो टिमको यात्रा सहज भने थिएन । समाज र परिवारको आलोचना सहँदै सुरु भएको बंगलादेशी महिला फुटबल टोलीको यो यात्राले कट्टरपन्थिहरुको विरोधको पनि सामना गर्यो । प्रायोजकहरुले उनीहरुमाथि देखाएको कम चासो र यो सफलताको यात्रामा भोगेका सबै नराम्रा कुराहरुलाई जितेर आफ्नो क्षमता प्रमाणित गरेका छन् ।

यो सफलताको स्वाद चाख्न बंगलादेश महिला टिमले १८वर्षसम्म गरेको संघर्सः

अक्टोभर ४,२००४ः आठ टिमको सहभागितामा कमलापुर स्टेडियममा पहिलो महिला फुटबलको प्रतियोगिता भएको थियो ।

अप्रिल १६,२००५ः यस दिनमा बंगलादेशको यू–१७ टिमले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । दक्षिण कोरियामा भएको एसियन फुटबल कन्फेडेरेसन यू–१७ प्रतियोगितामा बंगलादेश ग्वामसँग १–० ले पराजित भएको थियो । त्यसपछि जापानसँग २४–० र हङकङसँग ३–२ गोलले  पराजित भयो ।

सेप्टेम्बर ९,२००६ः पहिलो पटक अन्तर जिल्ला प्रतियोगिताको सुरुआत भएको थियो । जहाँ ढाका, राजशाही, आग्राचारी, रान्जामती, सरियातपुर र नारायनगंजको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको फाइनलमा ढाकाले राजशाहीलाई फाइनलमा २–० गोेलले निराश भएको थियो ।

अक्टोबर २४,२००८ः ढाका महानगरपालिकाका १२ टिमको सहभागितामा पहिलो विद्यालयस्तरीय महिला फुटबल प्रतियोगिताको सुरुआत भएको थियो । आगा खान स्कुल उक्त प्रतियोगितामा च्याम्पियन भएको थियो ।

जनवरी ३०,२००९ः २३ जिल्ला र दुई विभागिय टिम सहित २५ टिमको सहभागितामा पहिलो महिला राष्ट्रिय फुटबल च्याम्पियनसिपको सुरुआत भएको थियो । फाइनलमा नारायनगंजलाई पराजित गर्दै अनसरले उक्त प्रतियोगिताको उपाधि जितेको थियो ।

जनवरी २९,२०१०ः बंगलादेश महिला फुटबल टिमले पहिलो पटक दक्षिण एसियाली खेलकुद(साग) को फुटबलमा सहभागिता जनाएको थियो । उद्घाटन खेलमा नेपालसँग पराजित भएको बंगलादेश महिला फुटबल टिमको त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

सेप्टेम्बर २०,२०१०ः आयोजक बंगलादेशले यू–१९ एएफसी महिला च्याम्पियनसिप छनोटमा पहिलो पटक सहगागिता जनाएको थियो । जहा बंगलादेशको समूहमा भारत, जार्डन र इरान रहेका थिए । अन्तिम खेलमा जोर्डनसँग पराजित हुनुअघि बंगलादेश कुनैपनि खेल नजिती समूह चरणबाटै बाहिरिसकेको थियो ।

 


डिसेम्बर १३,२०१०ः पहिलो महिला साफ च्याम्पियनसिप ढाकामा सुरु भएको थियो जहा बंगलादेशले उद्घाटन खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो । अन्तिम चारमा नेपालसँग पराजित हुँदै बंगलादेश बाहिरिएको थियो ।

अक्टोबर १५,२०१४ः बंगलादेशले पहिलो पटक एएफसी यू–१६ महिला च्याम्पिनसिप छनोटमा सहगागिता जनाएको थियोे । पहिलो खेलमा जार्डनलाई १–० र दोस्रोमा यूएईलाई ६–० को नतिजा सुम्पिए पनि इरानसँग पराजित हुँदै छनोट प्रतियोगिताबाट बाहिरिएको थिए ।

डिसेम्बर २०,२०१५ः बंगलादेश महिला टिमले एएफसी यू–१४ महिला रिजनल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेका थिए । उनीहरुले फाइनलमा नेपाललाई १–० गोलको नतिजामा हराउँदै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेका थिए । उक्त प्रतियोगितामा इरान, भारत, माल्दिभ्स र श्रीलंकाको पनि सहभागिता रहेको थियो ।

मे १,२०१६ः ताजिकिस्तिानमा आयोजना भएको एएफसी यू–१४ रिजनल च्याम्पिनसिपमा अपराजित रहँदै लगातार दोस्रो पटक बंगलादेशले उपाधि उचाल्यो ।  

सेप्टेम्बर ३,२०१६ः चाईनिज ताईपेईलाई समूह सी को चौथो खेलमा ४–२ गोलको नतिजामा पराजित गर्दै ढाकामा आयोजना भएको एएफसी यू–१६ महिला च्याम्पियनसिप २०१७ को अन्तिम चरणमा पहिलो पटक छनोट हुँदै बंगलादेश महिला टिमले इतिहास रचेका थिए ।

डिसेम्बर २४,२०१७ः ढाकामै आयोजना भएको साफ यू–१५ च्याम्पियनसिपमा अपराजित रहँदै बंगलादेश च्याम्पियन बनेको थियो ।

अप्रिल १,२०१८ः हङकङमा आयोजना भएको जकि क्लब अन्तर्राष्ट्रिय युथ प्रतियोगितामा बंगलादेश अपराजित रहँदै च्याम्पियन बन्यो ।

सेप्टेम्बर २३,२०१८ः ढाकामा आयोजना भएको एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

अक्टोबर ७, २०१८ः नेपालमा आयोजना भएको यू–१८ साफ च्याम्पियनसिपमा पनि बंगलादेश अपराजित रहँदै च्याम्पियन बन्यो ।

मे ३,२०१९ः बङ्गमाता यू–१९ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बंगलादेश पुनः अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

डिसेम्बर २२,२०२१ः बंगलादेश महिला टिमले च्याम्पियन बनेर साफ यू–१९ च्याम्पियनसिपको अन्तय गरेका थिए ।

मार्च २५,२०२२ः भारतको जम्सेदपुरमा आयोजना भएको साफ यू–१८ च्याम्पियनसिपमा बंगलादेश उपविजेता बन्यो ।

जुन २६,२०२२ः बंगलादेश महिला टिमले मलेसियासँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलको श्रृङखला जितेको थियो ।

सेप्टेम्बर १९, २०२२ः बंगलादेश महिला फुटबल टिमले इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । प्रतियोगिताको सुरुआतबाटै उच्च लयमा रहेको बंगलादेशले फाइनलमा घरेलु टोली नेपाललाई ३–१ को नतिजा सुम्पिएको थियो । जुन सिनियर महिलातर्फ बंगलादेशले नेपालमाथि निकालेको पहिलो जित थियो ।