माघ ११, २०८२ आइतबार | ०४:०५:५३
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

पाकिस्तानको कीर्तिमानी जित

कराची । बाबर आजम पाकिस्तानबाट ट्वान्टी२० क्रिकेटमा दुई शतक पूरा गर्ने पहिलो खेलाडी बनेको दिन उसले इङल्यान्डमाथि कीर्तिमानी १० विकेटको जितसहित सात खेलको शृंखलामा १-१ को बराबरी गरेको छ ।

कराचीस्थित नेसनल स्टेडियममा बिहीबार सम्पन्न खेलमा इङल्यान्डले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा विना विकट क्षती पूरा गर्यो ।
पाकिस्तानको जितमा आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि विश्व कीर्तिमानी दुई सय तीन रनको साझेदारी गरे ।

आजमले ६६ बलमा ११ चौका र पाँच छक्का मद्दतमा अविजित एक सय १० रन जोड्दा रिजवानले ५१ बलमा पाँच चौका र चार छक्का मद्दतमा अविजित ८८ रन जोडे  । आजमले ट्वान्टी२० क्रिकेटमा ८ हजार रनसमेत पूरा गरेका छन्  ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको इङल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९९ रनको योगफल खडा गरेको थियो ।

इङल्यान्डका लागि कप्तान मोइन अलीले अविजित ५५ रन जोडेका थिए । अलीले २३ बलमा चार चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै बेन डकेटले ४३, ओपनर फिल सल्टले ३० र एलेक्स हेल्सले २६ रन जोडे ।

पाकिस्तानका हरिस रौफ र सहनवाजले समान दुई र मोहम्द नवाजले एक विकेट लिए ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate