चैत्र १८, २०८२ बुधबार | १२:५४:३९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

पाकिस्तानको कीर्तिमानी जित

कराची । बाबर आजम पाकिस्तानबाट ट्वान्टी२० क्रिकेटमा दुई शतक पूरा गर्ने पहिलो खेलाडी बनेको दिन उसले इङल्यान्डमाथि कीर्तिमानी १० विकेटको जितसहित सात खेलको शृंखलामा १-१ को बराबरी गरेको छ ।

कराचीस्थित नेसनल स्टेडियममा बिहीबार सम्पन्न खेलमा इङल्यान्डले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा विना विकट क्षती पूरा गर्यो ।
पाकिस्तानको जितमा आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि विश्व कीर्तिमानी दुई सय तीन रनको साझेदारी गरे ।

आजमले ६६ बलमा ११ चौका र पाँच छक्का मद्दतमा अविजित एक सय १० रन जोड्दा रिजवानले ५१ बलमा पाँच चौका र चार छक्का मद्दतमा अविजित ८८ रन जोडे  । आजमले ट्वान्टी२० क्रिकेटमा ८ हजार रनसमेत पूरा गरेका छन्  ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको इङल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९९ रनको योगफल खडा गरेको थियो ।

इङल्यान्डका लागि कप्तान मोइन अलीले अविजित ५५ रन जोडेका थिए । अलीले २३ बलमा चार चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै बेन डकेटले ४३, ओपनर फिल सल्टले ३० र एलेक्स हेल्सले २६ रन जोडे ।

पाकिस्तानका हरिस रौफ र सहनवाजले समान दुई र मोहम्द नवाजले एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो